शंकर लुइँटेल
विराटनगर, असार २४
विराटनगरबाट व्यावसायिक कारोबार गर्दै आएको रोयल मार्बलबाट भन्सार राजस्वदेखि फर्मले बुझाउने मुअकर र आयकरमा समेत व्यापक छली गर्ने गरेको पाइएको छ । समाचारस्रोतका अनुसार विराटनगरको धरान रोडअन्तर्गत कन्चनवारीमा सञ्चालन हुँदै आएको रोयल मार्बल प्रालीले आफ्नो कारोबार सुरु गरेको एक वर्षमा नै राजस्व छली गर्न सुरु गरेको हो । आन्तरिक राजस्व कार्यालयबाट भएको फर्मको अडिट रिपोर्टमा नै सक्का लागेपछि आन्तरिक राजस्व कार्यालयले रोयल मार्बललाई दुई लाख १३ हजार रूपैयाँ कर निर्धारण गरिदिएको छ ।
उक्त रोयर मार्बल प्रालीले आफ्नो कारोबार चार करोड ८९ लाख देखाएर अग्रिम आयकर भन्दै एक लाख ५० विवरणमा उल्लेख गरेपछि फर्मको कारोबारमाथि नै सक्का भएको स्रोतले बताएको छ । रोयल मार्बलले भ्याट स्टक भन्दै ५५ लाख क्रेडिट आफ्नो अडिट रिपोर्टमा उल्लेख गरी आफ्नो स्टक चार करोड देखाएको स्रोतले जनाएको छ । अहिले पनि उक्त फर्मलाई सुक्ष्म ढंगले राजस्वबाट निगरानीमा राखेको रहस्य खुलेको छ ।
उक्त फर्मबाट सञ्चालकहरूले व्यापक राजस्व चुहावट भएको रहस्य खुलेसँगै उक्त फर्मको भन्सार एजेन्टदेखि विराटनगर भन्सार कार्यालयसम्मको सेटिङमा मार्बल तथा टायल्स समेत आयात हुँदै आएको नयाँ रहस्य पनि खुल्न पुगेको छ । भारतबाट आयत हुने टायल्समा भन्सार दरबन्दीअनुसार ननब्राण्डेडका नाममा आयत हुने टायल्सलाई तीन सय १० रूपैयाँ स्क्वायर मिटर भन्सार राजस्व र १३ प्रतिशत मुअकर असुली हुँदै आएको छ । तर ब्राण्डेट टायल्सका नाममा थप ३० प्रतिशत राजस्व र १३ प्रतिशत मुअकर असुली गर्ने प्रावधान रहेको भन्सार कार्यालयले जनाएको छ । भन्सार दरवन्दिमा रहेको सानो कमजोरी प्रावधानले गर्दा उक्त फर्मले ब्राण्डेट टायल्सलाई ननब्राण्डेट घोषणा गरेर भन्सार मूल्यांकनलाई नै प्रभावित बनाएर टायल्स आयात गर्ने गरेको छ ।
रोयल मार्बलको सञ्चालकमा दिपेश तायल र अमित सिंघल रहेका छन् । रोयल मार्बलले आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०७५ साल मंसिर १७ गतेदेखि ६०६६१२८८१ नम्बरको भ्याटमा दर्ता भई मार्बल र टायल्सको काम गर्दै आएको छ । एक वर्षको छोटो अवधिमा आन्तरिक राजस्व कार्यालयबाट फुल अडिट गरी हिसाब मिलाउन सचेत गराउँदा समेत अदृश्य शक्तिको आडमा सञ्चालकहरूबाट मार्बलको कारोबार हुने गरेको दाबी स्रोतले गरेको छ ।
उक्त फर्मका सञ्चालकले मिस्त्रीमार्फत मार्बल र टायल्सको बिक्री गर्दा मिस्त्री कमिसन भनी रकम कट्टा गरिदिने फर्म सञ्चालकको नियतका कारण सरकारले सोचेभन्दा न्यू राजस्व बुझाउन सञ्चालकहरू सफल भएको समाचारस्रोतको दाबी छ । यसरी बिक्री भएको मालमा समेत भरसक बिल बिजक नै जारी नगर्ने र जारी गरी हालेमा न्यून भ्याट बिल प्रयोग गरी भ्याटजस्तो राजस्वमा व्यापक ठगी भएको आशंका राजस्वस्रोतले गरेको छ ।
स्रोतका अनुसार रोयल मार्बलले बिल बिजक जारी गर्दा सक्कली बिलमा कम मूल्य कायम गर्ने र नक्कली बिलमा बढी मूल्य कायम गरी उपभोक्तासँग असुली गर्ने नयाँ फर्मुला अपनाएको रहस्य पनि खुलेको छ । जसले गर्दा आन्तरिक राजस्व कार्यालयमा रोयल मार्बलमाथिको उजुरी विगत एक वर्षभित्रमा पटक–पटक परेको छ । पटक–पटक सरकारलाई राजस्व ठग्ने गर्दा समेत कुन निकायबाट संरक्षित रहेको छ भन्ने विषय अहिले आएर खोजी हुन थालेको छ । (आर्थिक दैनिकबाट)
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया