Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारकोशी प्रदेशकोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !

कोशीका निवर्तमान मन्त्री अधिकारी मानव तस्करीमा संलग्न !


विराटनगर । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी मानव तस्करीमा संलग्न रहेको पाइएको छ । मुख्यमन्त्रीलाई नै जानकारी नदिई जापान पुगेका अधिकारीलाई जापानको अध्यागमनले असम्बन्धित मान्छे लिएर गएको पाएपछि फर्काइदिएको थियो ।

उनीसँगै जापानको टोकियो विमानस्थलबाट चार जना डिपोर्ट भएर फर्किएपछि गम्भीर विवादमा परेका अधिकारीले गत बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । एमालेका नेता समेत रहेका अधिकारीले एमालेका नेता कार्यकर्तालाई मन्त्रालयको नक्कली कर्मचारी बनाएर जापान लगेका थिए । अधिकारीको साथमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३६ वर्षीय दावा शेर्पा, खोटाङकै कोपिलासगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई र रसुवाको कालिका गाउँपालिका–५ का २२ वर्षीय कञ्चन देवकोटा जापान पुगेको थिए ।

उनीहरूलाई ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर इन जापान’ कार्यक्रममा सहभागी गराउन एमालेकै नेता मोरङको रतुवामाई नगरपालिकाका गोपाल गौतमले व्यवस्था मिलाएका थिए । उनीसँगै फर्किएका अन्य तीन जनालाई भने प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ भने अधिकारीलाई हालसम्म पक्राउ गरिएको छैन । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अधिकारीसँगै फर्किएकाहरूको बयानका आधारमा दोलखा जिरी नगरपालिका–९ का बीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेशविक्रम पाण्डे पक्राउ गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले गरेको जापान भ्रमण कानुनविपरीत भएको बताए । उनले मन्त्री पदबाट राजीनामा दिइसकेकाले कारबाही प्रक्रिया अगाडि बढाउन सहज भएको उनले जानकारी दिए । मुुख्यमन्त्री कार्कीले पूर्वमन्त्री अधिकारीसँग जापानबाट फर्केर आएपछि संवाद गरेको र उनले गल्ती स्वीकार गरेको उनले बताए । पछिल्लो समय नेकपा(एमाले)ले पनि पूर्वमन्त्री अधिकारीलाई पार्टीबाट निलम्बित गरिसकेकाले सरकारलाई पनि अधिकारीको कारबाही अगाडि बढाउन बाटो खुुला भएको दाबी गरे ।

मुख्यमन्त्री कार्कीले पूर्वमन्त्री अधिकारीले विदेश भ्रमणको निम्ता आएपछि सरकारमा विधिसम्मत प्रस्ताव लगि केन्द्रमा पठाउनुपर्नेमा नगरी सरकारको नै अपमान गरेको बताए । मुुख्यमन्त्री कार्कीले प्रहरीको अनुसन्धानअनुसार नेपालको कानुनले जे देख्छ, त्यसअनुसार कारबाहीको भागिदार निवर्तमान आन्तरिक मामिलामन्त्री हुुने उल्लेख गरे । मुख्यमन्त्री कार्कीले प्रदेश सरकारको आचारसंहिता पनि आफ्नै पार्टीको मन्त्रीबाट उल्लङ्घन भएकोमा चिन्ता जनाए ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x