Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी

एमाले नेता पोखरेल जोडिएको उमागौरी सहकारीका १० जनाविरुद्ध पक्राउ पुर्जी


काठमाडौं । मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी संस्थाका १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएसँगै प्रहरीले अनुसन्धान थालेको हो ।

संसद्को सार्वजनिक लेखा समिति सभापति तथा एमाले नेता ऋषिकेश पोखरेलको समेत नाम आइरहेको यस उमागौरी सहकारीमा पूर्वसञ्चालक समेत रहेकी पोखरेल पत्नी अञ्जला कोइराला सहकारीको कालोसूचीमा छिन् । कोइरालाले सहकारी संकटमा परेपछि ५ माघ २०७८ मा सञ्चालकबाट राजीनामा दिएकी थिइन् ।

प्रहरी स्रोतका अनुसार सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि सहकारीका वर्तमान सञ्चालक समितिका सात सदस्यहरू अध्यक्ष शम्भुप्रसाद रौनियार, उपाध्यक्ष लक्ष्मण साह, सचिव आलम अन्सारी मियाँ र कोषाध्यक्ष शम्भुप्रसाद सिंह सदस्यहरू आमोद मण्डल, रोशन राजवंशी र जितमान ठाकुरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

त्यस्तै, लेखा समितिका तीन सदस्यहरू लेखा समिति संयोजक विजयकुमार यादव तथा सदस्यहरू सुरेन्द्रकुमार राजवंशी र अशोककुमार विश्वासविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ११ करोड ५६ लाख ७८ हजार रुपैयाँ ऋण लिएको र फिर्ता गर्नुपर्ने बचत दुई करोड तीन लाख ५४ हजार एक सय ५६ रुपैयाँ छ । १८ करोड ४० लाख कुल पुँजी देखाइएको सहकारीको वासलात रिपोर्टमा १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापट लगानी रहेको देखाइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x