Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबाढीपहिरोपीडितलाई भनेर दिइएको रकम पेरिसडाँडामै अपचलन !

बाढीपहिरोपीडितलाई भनेर दिइएको रकम पेरिसडाँडामै अपचलन !


काठमाडौं ।बाढीपीडितका लागि माओवादी प्रवास संगठनहरूले गरेको आर्थिक सहयोग पेरिस डाँडामै गोलमाल भएको थाहा भएको छ । गत असोज १२ गते आएको बाढीले अभूतपूर्व क्षति पु¥याएपछि पीडितहरूलाई राहत पु¥याउन माओवादी केन्द्रका प्रवाससँग सबन्धित तीन संगठनहरूले कन्द्रीय कार्यालयमा चेकमार्फत आर्थिक सहयोग गरेका थिए । तर, त्यो सहयोग पेरिसडाँडामै गोलमाल गरिएको र पीडितहरूलाई कतै पनि नदिइएको बुझिएको छ ।

पेरिसडाँडामा एसिया प्रदेशले १५ लाख, भारत प्रदेशले आठ लाख र अन्तरमहादेशीय प्रदेशले १० लाख गरी ३३ लाख रुपैयाँ सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।सरकारले बाढीपहिरोपीडितका नाममा सङ्कलन गरिएको एकद्वार प्रणालीबाट पीडितहरूसमक्ष वितरण गर्ने निर्णय गरेको थियो तर, पेरिसडाँडामा माओवादी केन्द्रलाई बुझाइएका ती चेक माओवादीकै नेताहरूले आफूखुसी खर्च गरेको र सरकार वा पीडित कसैलाई पनि नदिएको बुझिएको छ ।

प्रवास समितिहरूले माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल र कार्यालय सचिव सावित्री आचार्यको उपस्थितिमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।विदेशमा रगत र पसिना बगाएर काम गर्ने श्रमिकहरूले आफ्नो गाँस काटेर बाढीपहिरोपीडितका लागि पठाएको राहत सहयोग यसरी पार्टी कार्यलयमै हराउनुलाई अनौठो ठानिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x