Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमानव तस्करीको आरोपमा निवर्तमान प्रदेश मन्त्री अधिकारी पक्राउ

मानव तस्करीको आरोपमा निवर्तमान प्रदेश मन्त्री अधिकारी पक्राउ


काठमाडौं । मानव तस्करीको आरोपमा कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । प्रहरीले अधिकारीलाई आइतबार दिउँसो विराटनगरबाट पक्राउ गरी राजधानी ल्याएको हो ।

नक्कली कागजात बनाएर तीन जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि अधिकारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही कात्तिक १४ गते अधिकारीसँगै टोकियो विमानस्थलबाट खोटाङका दावा शेर्पा र जनक राई तथा रसुवाका कञ्चन देवकोटा डिपोर्ट भएका थिए । नक्कली कागजात बनाएर जापान पुगेपछि डिपोर्ट भएका शेर्पा, राई र देवकोटाले जापान जान प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको आरोप छ । पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले प्रहरीलाई अनुमति समेत दिएको छ । प्रहरीले विराटनगरबाट काठमाडौं ल्याएर अधिकारीलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको थियो ।

अधिकारी मुख्यमन्त्रीलाई नै जानकारी नदिई जापान पुगेका थिए । अधिकारीलाई जापानको अध्यागमनले असम्बन्धित मान्छे लिएर गएको पाएपछि फर्काइदिएको थियो । उनीसँगै जापानको टोकियो विमानस्थलबाट चार जना डिपोर्ट भएर फर्किएपछि गम्भीर विवादमा परेका अधिकारीले गत बुधबार मन्त्री पदबाट राजीनामा दिएका थिए । एमालेका नेता समेत रहेका अधिकारीले एमालेका नेता कार्यकर्तालाई मन्त्रालयको नक्कली कर्मचारी बनाएर जापान लगेका थिए । उनीहरूलाई ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर इन जापान’ कार्यक्रममा सहभागी गराउन एमालेकै नेता मोरङको रतुवामाई नगरपालिकाका गोपाल गौतमले व्यवस्था मिलाएका थिए । उनी भने हाल फरार छन् । अधिकारीसँगै फर्किएका अन्य तीन जनालाई भने प्रहरीले पहिले नै पक्राउ गरी अनुसन्धान थालेको छ । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले अधिकारीसँगै फर्किएकाहरूको बयानका आधारमा दोलखा जिरी नगरपालिका–९ का बीरबहादुर सुनुवार, नुवाकोट बिदुर नगरपालिका–७ का २२ वर्षीय जुगल रिजाल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ का ३४ वर्षीय महेशविक्रम पाण्डे पक्राउ गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x