तमु विद्यार्थी छोंज धींको अध्यक्षमा चितवनका पवन
दमौली (तनहुँ) । नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु निर्वाचित भएका छन् । सोमबार बिहान दमौलीमा सम्पन्न बाह्रौ महाधिवेशनबाट पवनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
महाधिवेशनबाट उपाध्यक्षमा दोलखाका विष्णु तमु, लमजुङका गौचन तमु, महिला उपाध्यक्षमा झापाकी सिर्जना तमु, महासचिवमा कास्कीका युवराज तमु, उपमहासचिवमा धादिङका अनिल तमु, सचिवमा विकास तमु, कास्कीकी नेहा तमु, स्याङ्जाका युवराज तमु, बाँकेका प्रकाश तमु, काठमाडौकी इशा तमु निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा नवलपरासीका अनुपम तमु, सहकोषाध्यक्षमा काभ्रेकी अन्जु तमु, सङ्गठन विभाग प्रमुखमा चितवनका सविन तमु, प्रचारप्रसार विभाग प्रमुखमा गोरखाका मनोज तमु, भाषा, साहित्य, संस्कृति तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा काभ्रेकी इशा तमु, विदेश विभाग प्रमुखमा गोरखाका सोम तमु, आइटी विभाग प्रमुखमा चितवनका सुनिल तमु, शैक्षिक विभाग प्रमुखमा गोरखाका वृषराम तमु, प्रशिक्षण, अनुशासन तथा अनुगमन विभाग प्रमुखमा स्याङ्जाका गोविन्द तमु निर्वाचित भएका छन् ।
यस्तै केन्द्रीय सदस्यहरूमा सुनिल तमु, सोम तमु, सुशन तमु, माधव तमु, राजाराम तमु, आयुष तमु, रुक्सन तमु, प्रज्वल तमु, एलिना तमु, रितेश तमु, मनिष तमु, विनिसा तमु, प्रितम तमु, अनु तमु, इन्द्रमणि तमु, ममता तमु, राज घले, कोपिला तमु निर्वाचित भएका छन् ।
राससका अनुसार गत शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेसँगै सुरु भएको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरी सोमबार सम्पन्न भएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारीको टुङ्गो लगायो
- सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट
- एक सय ११ मुलुकसँग व्यापार घाटा
- बैंकहरूको निक्षेप खाता पाँच करोड ६९ लाख
- बैंकिङ प्रणालीमा साढे ६८ करोड निक्षेप राख्दै राष्ट्र बैंक
- केपी र रवि आमने–सामने
- कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
- देशका अधिकांश भागमा पश्चिमी वायुको प्रभाव यथावत
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया