उम्मेदवारी दर्ता नै नगरी भोट माग्न गाउँमा
दोलखा । आगामी मंसिर १६ गते दोलखाको गौरीशंकर गाउँपालिकालगायतका रिक्त रहेको स्थानीय तहहरूमा उपनिर्वाचन हुँदैछ । मंसिर १६ मा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले मंसिर २ गते उम्मेदवार दर्ताको लागि मिति तोकेको छ । तर दोलखाका राजनीतिक दलहरू भने उम्मेदवारी दर्ता अगाडि नै भोट माग्न गाउँ परिसकेका छन् ।
गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष पदको लागि उपनिर्वाचन हुँदैछ । गत स्थानीय तह निर्वाचनमा पालिकाको उपाध्यक्षमा श्यामसुन्दर तामाङ निर्वाचित भएका थिए । तर उनको गत २०८० साल असार ३१ गते हृदयाघातका कारण निधन भएसँगै उपनिर्वाचन हुन लागेको हो । सो उपनिर्वाचनका लागि राजनीतिक दलहरूले उम्मेवार टुङ्गो लगाएर भोट माग्न थालिसकेका छन् । नेपाली कांग्रेससहित पाँच वटा दलहरूले पाँच जना महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ । नेपाली कांग्रेसबाट पासदिकी तामाङ, नेकपा एमालेबाट उमा शेर्पा, माओवादी केन्द्रबाट नीमलेकी शेपा, एकीकृत समाजवादीबाट रविना खड्का र राप्रपाबाट मानकुमारी श्रेष्ठ उम्मेदवार बनेका छन् । गत निर्वाचनमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धन भएको थियो । तर अहिले भने सबै दल एक्लै चुनावमा होमिएका छन् । जिल्लाका पाँचै राजनीतिक दलले चुनाव प्रचारप्रसार र मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएको दिएका छन् । हाल यहाँका मतदातालाई मंसिरको चटारो छ भने राजनीतिक दलहरूलाई भोट माग्ने चटारो छ । घरमा मतदाता नभेटेपछि उम्मेदवारहरू मतदाता खोज्दै खेतबारीमा नै पुग्ने गरेका छन् ।
गौरीशंकर गाउँपालिकामा गत निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनबाट पालिका अध्यक्षमा माओवादी केन्द्रका विश्वास कार्की र उपाध्यक्षमा काँग्रेसका श्यामसुन्दर तामाङ विजयी भएका थिए । यस्तै, पाँच वटा वडामा माओवादी केन्द्र, तीन वडामा नेपाली काँग्रेस र एक वडामा नेकपा एमाले निर्वाचित भएको थियो । भौगोलिक हिसाबले विकट मानिने यस पालिकामा करिब १५ हजार चार सय मतदाता रहेका छन् भने १२ वटा मतदान केन्द्र रहेको छ ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ट्याग : #Page 8
ताजा अपडेट
- राजस्व सङ्कलन बढ्यो
- ‘प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम’ प्रारम्भ
- शेयर बजार राताम्मै
- भारतीय सेनाध्यक्षलाई राष्ट्रपतिद्वारा ‘मानार्थ महारथीको दर्ज्यानी चिन्ह’ प्रदान
- पूर्वाञ्चल विश्वविद्यालयले अन्तर्राष्ट्रिय सम्मेलन गर्ने
- पाथीभरा क्षेत्रमा हल्का हिमपात सुरु
- बजार माग बढेसँगै अलैँचीको मूल्य उच्च विन्दुमा
- बचतकर्ताको रकम फिर्ता गराएर सहकारीलाई लयमा फर्काउनेछौँ : मन्त्री अधिकारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया