Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रदेश समाचारबागमती प्रदेशबागमती प्रदेश सरकारद्वारा मन्त्रालय विभाजन

बागमती प्रदेश सरकारद्वारा मन्त्रालय विभाजन


मकवानपुर । बागमती प्रदेश सरकारले मन्त्रालय विभाजन गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को मंगलबार यहाँ बसेको बैठकले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयबाट सहकारीलाई अलग गरी सहकारी तथा गरिबी नियन्त्रण मन्त्रालय बनाएको हो ।

मुख्यमन्त्री बहादुर सिं लामा नेतृत्वको सरकारले बिना विभागीयमन्त्री मधु श्रेष्ठलाई जिम्मेवारी तोक्न मन्त्रालयको सङ्ख्या बढाएको हो । यससँगै प्रदेशमा मन्त्रालयको कुल सङ्ख्या १४ पुगेको छ ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले विना विभागीय मन्त्री श्रेष्ठलाई छिट्टै मन्त्रिपरिषद्को बैठकले जिम्मेवारी प्रदान गर्ने जानकारी दिए । श्रेष्ठ कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । उनले गत साउन ९ गते विना विभागीय मन्त्रीको शपथ लिएका थिए ।


क्याटेगोरी : समाचार, बागमती प्रदेश

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x