Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारक्यासिनोको लाइसेन्स दिँदा पर्यटन मन्त्री पाण्डेले करोडौ रकम लिएको आरोप !

क्यासिनोको लाइसेन्स दिँदा पर्यटन मन्त्री पाण्डेले करोडौ रकम लिएको आरोप !


काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उडययन मन्त्री बद्री पाण्डेले क्यासिनोको लाइसेन्स दिँदा करोड बढी रकम लिएको आरोप लागेको छ । उनलाई आफ्नै पार्टीका नेता तथा सांसद राजेन्द्र बजगाईले आरोप लगाउँदै उनी माथि छानबिनको माग गरेका छन् ।

त्यस्तै,सत्तारुढ दल नेकपा एमालेका नेता कर्ण थापाले पनि पाण्डेमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् । पर्यटन व्यवसायी समेत रहेका गोरखा १ बाट निर्वाचित सांसद बजगाईले भैरहवास्थित रोयल टाइगर रिक्रियसन प्रालिलाई क्यासिनो सञ्चालन इजाजतपत्र दिँदा घुस खाएको आरोप लगाएका थिए । पाण्डेयले भने उक्त कुराको खण्डन गर्दै रकम नलिएको बताएका छ्न् । एउटै दलमा रहेका अभ सांसद समेत बनेका व्याक्तिले मन्त्री पाण्डेमाथि करोडौं रकम लिएको आरोप लगाउनुलाई अर्थपूर्ण मानिएको छ ।

 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x