Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी

धनराजलाई सिआईबीले लियो सुटुक्क बयान ! फरार श्रीमती बिरुद्ध इन्टरपोलमा रेड नोटिस जारी


काठमाडौँ । नेपाली कांग्रेसका आर्दशबादी नेता भनेर चिनिचे उपसभापति समेत रहेका धनराज गुरुङलाई प्रहरी अनुसन्धान ब्यूरो (सिआईबी)ले सुटुक्क बयान लिएको खुलासा भएको छ । सहकारीको रकम अपचलन प्रकरणमा मुछिएका गुरुङ बिरुद्ध सरकार दाइना भएर कुनै पनि अनुसन्धान गरेको थिएन ।

समाचार स्रोतका अनुसार यतिसम्मकि गृहमन्त्रालयको दबाबमा प्रहरीले किटानी जाहेरी समेत लिएको थिएन । चर्को दबाब भएपछि धनराज माथि बुधबार (सिआईबी)ले गोप्य तरिकाले बयान लिएको भएको छ ।

गुरुङमाथि प्रहरीले झारो टार्नलाई मात्र बयान लिन लागेको आंसङ्का व्यक्त हुन थालेको छ । सहकारीको रकम अपचलन आरोप खेपीरहेका (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री समेत रहेका रबी लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्दा गुरुङलाई भने बाहिर राखेर सुटुक्क बयान लिनुले उक्त कुरालाई संकेत गरेको छ ।

बचतकर्ताको रकम हिनामिना गरेर फरार रहेकी गुरुङ पत्नी ज्योतिबिरुद्ध भने अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)मा रेड नोटिस जारी भएको छ । उनी महाप्रबन्धक रहेका बेला मितेरी सहकारीमा बचतकर्ताको करिब १२ करोड ५० लाख रुपैयाँ रकम हिनामिना गरेको आरोप छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x