निर्मला पन्तको हत्या घटनामा प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने व्यक्ति नियन्त्रणमा
काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।
प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिने गोरखा घर भई हाल काठमाडौँ बस्ने नवराज अर्याललाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी० का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।
उनले भने , “निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन् । तर किन र कस्को उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ ।” विसं २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।रासस
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ताजा अपडेट
- सुनको मूल्य बढ्यो
- फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
- बाढीबाट भएको क्षतिको विवरण सङ्कलन गर्दै कृषि मन्त्रालय
- राष्ट्रपतिद्वारा ढुङ्गानाका परिवारप्रति समवेदना व्यक्त
- अल–इलेक्ट्रिक प्रिमियम ईभी जिकर एक्स
- रियलमीले चाडपर्व अफरको विजेता घोषणा गर्दै
- टेलिकम एनपीएलमा सुदूरपश्चिम रोयल्स टिमको पार्टनर
- झम्सिखेलमा अपि इन्फ्राको १० तले अपार्टमेन्ट निर्माण सुरु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया