Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोना परीक्षण शुल्क लिए कारबाही

कोरोना परीक्षण शुल्क लिए कारबाही


काठमाडौं, असार २५
सरकारले कोरोना परीक्षणको शुल्क लिएको फेला परेमा कारबाही गर्ने चेतावनी दिएको छ । कतिपय स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना परीक्षणबापत शुल्क लिने गरेको मन्त्रालयमा जानकारी आएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रकम लिएको पुष्टि भएमा कारबाही गर्ने प्रष्ट पारेको हो ।

‘सरकारी खर्चमा नै कोरोनाको परीक्षण भइरहेकाले शुल्क लिने संस्थालाई नियमानुसार कारबाही गरिने छ’, मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले भने । मन्त्रालयले अत्यावश्यक कामका लागिभन्दा बाहेक घरबाहिर ननिस्किन र भीडभाड नगर्न नागरिकलाई अनुरोधसमेत गरेको छ । बन्दाबन्दी खुकुलो भएसँगै कार्यालय, पसल र सडकमा भीडभाड बढेको देखिनु स्वाभाविक जस्तो लागे पनि त्यसले जोखिम निम्त्याउने मन्त्रालयको भनाइ छ ।

यस्तै, मन्त्रालयका अनुसार मंगलबारदेखि बुधबार दिउँसोसम्मको २४ घण्टामा काठमाडौँ उपत्यकामा २३ जनामा कोरोना संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार काठमाडौँमा १६ र ललितपुरमा सात जनामा कोरोना सङ्क्रमण देखिएको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका छ, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा काठमाडौँका १० र ललितपुरका सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा देशभरिका २५ वटा प्रयोगशालामा चार हजार ६ सय ९६ जनाको नमूना परीक्षण गर्दा दुई सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार अहिलेसम्म दुई लाख ६६ हजार ४ सय ५७ जनाको नमूना परीक्षण भइसकेको छ । हाल क्वारेन्टाइनमा २५ हजार ४० जना र आइसोलेशनमा आठ हजार ६३६ जना रहेका छन् ।

कोभिड–१९ बाट सङ्क्रमित मुक्त भई गत २४ घण्टामा डिस्चार्ज हुनेको सङ्ख्या २ सय ५३ छ । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या सात हजार ७ सय ५२ रहेको छ । जम्मा सङ्क्रमितमध्ये ४७ दशमलव दुई प्रतिशत निको भएका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x