Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे

बेलायतद्वारा जलवायु परिवर्तनका असर घटाउन गरेका प्रतिबद्धताअनुसार सहयोग हुन्छ : विशेष प्रतिनिधि क्याथे


बाकु । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र संयुक्त अधिराज्यका जलवायु परिवर्तन सम्बन्धी विशेष प्रतिनिधि रिचेल क्याथेबीच भेटवार्ता भएको छ ।अजरबैजानका बाकुरमा जारी जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनस्थलमा आज उहाँहरुबीच भएको भेटमा द्विपक्षीय आपसी हित र सहयोगका विविध पक्षमा कुरा भएको भेटमा सहभागी वन मन्त्रालयका उपसचिव दीपा ओलीले जानकारी दिनुभयो । उनका अनुसार भेटमा मन्त्री शाहीले बेलायतसँग नेपालको दीर्घकालीन, सौहार्दपूर्ण र ऐतिहासिक सम्बन्ध रहदै आएको उल्लेख गर्दै बेलायत सरकारको सहयोगमा नेपालमा जलवायु परिवर्तनका क्षेत्रका विभिन्न परियोजनाहरू र कार्यक्रमहरू सञ्चालन हुँदै आएको बताए ।

साथै उनले हालै मात्र भएको नेपाल र बेलायतबिच भएको रेन परियोजनाको सम्झौताले वर्तमान सफलतालाई थप अगाडि बढाउने र नेपालको जलवायु तथा विपद् व्यवस्थापन कार्यलाई थप विस्तार गर्न मद्दत गर्ने उल्लेख गरेका थिए ।मन्त्री शाहीले संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न कोप–२९ मा नेपाल सरकारले आफ्नो जलवायु महत्वाकांक्षी महत्त्वपूर्ण घोषणाहरू गरेको बारेमा स्मरण गराउदै आगामी दिनमा थप सहयोगको अपेक्षा गरेका थिए ।

सो अवसरमा विशेष प्रतिनिधि क्याथेले नेपालसँग बेलायतको एतिहासिक सम्बन्ध बारे चर्चा गर्दै बेलायतले जलवायु परिवर्तनका असर न्यूनिकरणका लागि गरेको प्रतिबद्धताअनुसार सहयोग गर्ने बताएका थिए ।यसैगरी आजै मन्त्री शाहीसँग एसियाली विकास बैंकका महानिर्देशक रमेश सुब्रमन्यमले शिष्टाचार भेटवार्ता गरेका थिए। सो अवसरमा उहाँहरुबीच एसियाली विकास बैंकको सहयोगमा नेपालमा सञ्चालित परियोजनाबारे छलफल भएको थियो ।

मन्त्री शाहीले नेपालमा एसियाली विकास बैंकले पूर्वाधार विकास, वनको विकास तथा संरक्षण, जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरण तथा क्षमता अभिवृद्धि लगायतका क्षेत्रहरुमा सहयोग पु¥याउदै आएको उल्लेख गर्दै नेपालको विकासका लागि आफूहरुले सहुलियतपूर्ण ऋणका साथै अधिकतम् अनुदानको अपेक्षा गरेको उल्लेख गरेका थिए ।

यसैगरी महानिर्देशक सुब्रमन्यमले नेपालमा बैंकद्वारा सञ्चालित परियोजनाका बारेमा चर्चा गर्दै नेपालको प्रस्तावमा छलफल गर्न तयार रहेको बताएका थिए ।कोप–२९ सम्मेलनमा अनुकूलन, हानी नोक्सानी, जलवायु वित्त, प्रविधि विकास र हस्तान्तरण, क्षमता विकास, अल्पविकशित राष्ट्रहरुको विषय, जलवायु प्रतिकार्यको कार्यान्यवनको प्रभाव, पेरिस सम्झौताको दफा ६, पेरिस सम्झौताको वैश्विक मापन, महासन्धीको दिर्घकालीन विश्वव्यापी लक्ष्यको प्रगति, जस्ट ट्रान्जिसन सम्बन्धी वर्क प्रोग्राम, न्यूनीकरण सम्बन्धी वर्क प्रोग्राम, लैंगिक र जलवायु परिवर्तनलगायत विषयमा छलफल भइरहेको छ । महासन्धिका पक्षराष्ट्रहरूको २९आंै सत्र (कोप–२९) सँगसँगै पेरिस सम्झौताका पक्षराष्ट्रहरूको छैटौ सत्र (सिएमए–६) र क्योटो अभिसन्धिका पक्षराष्ट्रहरूको १९औं सत्र (सिएमपि–१९) लगायत एसबिएसटिए–६१÷एसबिआई–६१ सत्रहरु समेत सञ्चालित छन् ।रासस


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x