अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
विराटनगर । सीमावर्ती बजारमा भारतीय रुपैयाँको मूल्य बढेको छ । एक महिना अगाडिसम्म स्थानीय खुला बजारमा एक सय भारु खरिद गर्न नेपाली एक सय ६४ रुपैयाँ चाहिन्थ्यो भने अहिले एक सय ६९ रुपैयाँ पर्न थालेको छ ।
भर्खरै गएको तिहार र धनतेरसलाई लक्षित गर्दै भारतबाट अनधिकृत सुन सीमावर्ती बजारमा भित्रिँदा र भारतीय कामदारको ठूलो संख्या तिहार मनाउन भारतबाट घर जाने कारणले गर्दा भारुको मूल्यवृद्धि भएको हो । नेपालका कतिपय समुदायले कागतिहारभन्दा अघिल्लो दिनलाई धनतेरसका रूपमा मनाउँदै आएका छन् । त्यसदिन सुन, चाँदी, तामा, पित्तललगायतका धातु खरिद गर्दा कल्याण र शुभ हुन्छ भन्ने विश्वास रहँदै आएको पनि छ । सुनचाँदीका व्यापारीले धनतेरसलाई लक्षित गर्दै भारतबाट सुनको प्रशस्त आयात गरेका कारण नेपालमा भारुको मूल्यवृद्धि भएको सुनका व्यापारीले बताएका छन् ।
सुनको अनधिकृत आयातका कारण सुनचाँदी व्यवसायीलाई ठूलो मात्रामा नगदै भारु चाहिएपछि बजारमा भारुको मूल्यमा वृद्धि भएको बताउन थालिएको छ । एक व्यवसायीका अनुसार गत जेठ १५सम्म सुनको आयात महसुल १५ प्रतिशत थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत् यसलाई २० प्रतिशत बनाएपछि उता भारतमा त्यही सुन १५ प्रतिशत नै गरिएको थियो । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले गत साउनमा ल्याएको बजेटमा सुनको मूल्यांकन छ प्रतिशत कायम गरिदिएपछि नेपालमा भन्दा भारतमा सुनको आयात महसुल १४ प्रतिशतको फराकिलो अन्तरले घटिरहेको छ । सोही कारण वैधानिक मार्गबाट भन्दा भारतबाट अनधिकृत बाटोबाट आउने सुनको परिमाण व्यापक बढेको सुन व्यवसायीहरूको भनाइ छ । यसरी अनधिकृत सुनको आयातका बढेको हुँदा खुला बजारमा भारुको अभाव भएर मूल्य पनि आकासिएको हो ।
नेपालका औद्योगिक र व्यापारिक प्रतिष्ठानमा भारतीय कामदारको ठूलो संख्या यहाँ कार्यरत रहेको छ । कतिपय प्रतिष्ठानमा इन्जिनियर, मेसिनम्यान, चार्टर्ड एकाउन्टेन्डदेखि औद्योगिक प्रतिष्ठानको लेखाप्रमुखलगायतका महत्वपूर्ण पदमा नै भारतीय कार्यरत रहेका छन् । त्यस्तै, यहाँका औद्योगिक व्यवसायीहरूले घरेलु सहायकका रूपमा भारतीयलाई नै कामदार राख्ने गरेका कारण ठूलो भारतीय कामदारको जनसंख्या नै विराटनगर बजारमा रहेको छ । त्यस्तै, विराटनगर बजारमा पनि साना–ठूला विभिन्न आकारका पसल गर्ने, सिलाइ व्यवसाय सञ्चालन गर्नेजस्ता थुप्रै व्यापारमा भारतीयको बाक्लो उपस्थिति छ । उनीहरू पनि यही तिहारका बेला आफूसित भएको नेरुलाई भारु बनाएर घर लैजाने हुुँदा नेपालका सीमावर्ती बजारमा भारुको अभाव भएको हुन सक्ने भनाइ व्यवसायीको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
- यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया