लामामाथि आक्रमण गरेको अभियोगमा थप एक पक्राउ
काठमाडौँ । प्रहरीले काठमाडौँको लाजिम्पाटस्थित पानी पोखरीमा घरजग्गा व्यवसायी नुवाकोटको ककनी गाउँपालिका–६ घर भई टोखा नगरपालिका–३ ग्राण्डी बस्ने ३५ वर्षीय विक्रम लामामाथि आक्रमण गरेको अभियोगमा थप एक जनालाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा गोरखाको फुजेल घर भएका निश्चल सुनार रहेका र निजलाई जिल्ला प्रहरी कार्यालय झापासँगको समन्वयमा आइतबार पक्राउगरी काठमाडौँ ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले राससलाई जानकारी दिए ।
उनले भने, “गत कात्तिक ११ गते घरजग्गा व्यवसायी लामामाथि आक्रमण गरेको आरोपमा निजलाई झापाबाट पक्राउ गरी आज काठमाडौँ ल्याएका छौँ ।” लामालाई आक्रमण गरेको आरोपमा प्रहरीले यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल पक्राउ परेका र मार्सललाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको थियो । अदालतको आदेशले मार्सल थुनामा गएको प्रहरीले जनाएको छ ।
लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रमलाई गत कात्तिक ११ गते चार जनाको समूह मिलेर रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसीटिभी फुटेजमा देखिएको प्रवक्ता एवं प्रहरी उपरीक्षक अधिकारीले बताए ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ताजा अपडेट
- जानकी विवाह महोत्सवको निम्तो दिन मुख्यमन्त्रीको टोली अयोध्या प्रस्थान
- बीमा प्राधिकरण र एक्चुरियल सोसाइटीबीच सम्झौता
- नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न
- महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता
- पूर्वसभामुख ढुङ्गानाको निधन
- हुस्सु र कुहिरोले हवाई उडान प्रभावित
- २७ सय ५३ बिन्दुमा उक्लियो शेयर बजार
- नबिललाई आठौँ पटक बढी कर तिर्ने बैंकको सम्मान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया