चार महिनामा साढे १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
काठमाडौं । नेपालकोे उद्योग क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धतास्वरूप साढे १८ अर्ब रुपैयाँ आएको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म १८ अर्ब ६६ करोड ५१ लाख १३ हजार रुपैयाँ विदेशी लगानी प्रतिबद्धत आएको हो । कुल दुई सय ६३ वटा उद्योगमा सात हजार छ सय ६७ जनालाई रोजगारी दिने उद्देश्यसहित सो लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।
विभागका निर्देशक अर्जुन सेन ओलीका अनुसार लगानीकर्ताहरूले स्वाचालित मार्ग र पुरानो कागजी (साधारण) रूपमा उक्त लगानी प्रतिबद्धता जनाएका हुन् । स्वचालित मार्गबाट एक अर्ब ६२ करोड ७३ लाख ५७ हजार रुपैयाँ र पुरानो कागजीरूपमा १७ अर्ब तीन करोड ७७ लाख ५६ हजार रुपैयाँ गरी उक्त लगानी प्रतिबद्धता आएको हो । कागजीरूपमा आएका लगानी प्रतिबद्धता आएको रकम र उद्योगहरू भने साना, मझौला र ठूला उद्योगहरू छन् । जसमा एक सय ५१ वटा साना, एउटा मध्यम र दुईवटा ठूला उद्योग स्थापनाको उद्देश्यसहित उक्त लगानी प्रतिबद्धता आएको हो ।
स्वचालित मार्गबाट आएको लगानी प्रतिबद्धतामा सबैभन्दा बढी सूचना प्रविधि, पर्यटन र उत्पादनमूलक उद्योगका लागि आएको छ । सूचना प्रविधिमूलकमा ४३ करोड २२ लाख ५६ हजार रुपैयाँ, पर्यटनमा ४२ करोड रुपैयाँ, उत्पादनमूलकमा ३५ करोड ५० लाख रुपैयाँ, सेवामूलकमा ३८ करोड रुपैयाँ, र पूर्वाधारमूलकमा चार करोड १० हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । उक्त लगानी प्रतिबद्धता ८० वटा सूचना प्रविधि, १३ वटा पर्यटन, छवटा उत्पादनमूलक, आठवटा सेवामूलक र दुईवटा पूर्वाधारमूलक गरी कुल एक सय नौवटा उद्योग स्थापनाका उद्देश्यसहित आएको हो ।
कात्तिकमा मात्रै विदेशी लगानी प्रतिबद्धतास्वरूप दुई अर्ब २२ करोड ३७ लाख ९६ हजार रुपैयाँ आएको छ । उक्त लगानी प्रतिबद्धता ५९ वटा उद्योग स्थापना तथा एक हजार एक सय ३४ जनालाई रोजगारीको उद्देश्यसहित आएको हो । कात्तिकमा स्वचालित मार्गबाट ६१ करोड ३७ लाख ९६ हजार रुपैयाँ र कागजीरूपमा एक अर्ब ६१ करोड रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको हो । उक्त लगानी प्रतिबद्धता २३ उद्योग स्थापनाको लागि आएको हो ।
निर्देशक ओलीका अनुसार समीक्षा अवधिमा विदेशी लगानीकर्ताहरूले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपीए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् । लगानीकर्ताहरूले चालू आर्थिक वर्षको कात्तिकमसान्तसम्म २५ वटा उद्योगको लागि एक अर्ब १३ करोड ६१ लाख १५ हजार रुपैयाँबराबरको एसपीए र एसएसए गरेका छन् । कात्तिकमा मात्र एकवटा उद्योगका लागि दुई करोड रुपैयाँबराबरको एसपीए र एसएसए सम्झौता गरिएको छ । चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म १३ वटा र कात्तिकमा मात्र तीनवटा उद्योगको प्रविधि हस्तान्तरण सम्झौता (टीटीए) गरिएको छ ।
विदेशी लगानीकर्ताले विभागमार्फत भने न्यूनतम दुई करोड रुपैयाँदेखि छ अर्ब रुपैयाँसम्मको लगानी भित्र्याउन सक्नेछन् । छ अर्ब रुपैयाँभन्दा माथिका लगानी भने लगानी बोर्डमार्फत स्वीकृत गरिन्छ । विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योग दर्ता हुन्छन् ।
दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंकअन्तर्गत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रतिविदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० करोड रुपैयाँदेखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।
विदेशी लगानीकर्ताहरूले लगानी ल्याउने तथा लाभांश लैजानेको लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सहजीकरण गरेको छ । उक्त ऐनअनुरूप विदेशी लगानीकर्ताले नेपालमा लगानी गरे सकेपछि आफ्नो लगानीको सेयर वा उद्योग पूर्ण वा आंशिकरूपमा बिक्री गरी कर चुक्ता गरी आफ्नो लगानी तथा मुनाफा लैजान सक्नेछन् । उनीहरूले लगानी गरेको सोही विदेशी मुद्रा वा अन्य परिवत्र्य विदेशी मुद्रामा कर चुक्ता गरी राष्ट्र बैंकको स्वीकृति लिई लाभांश लैजान सक्नेछन् । लाभांश लैजान भने राष्ट्र बैंकमा लेखाङ्कन गर्नु अनिवार्य छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- आइएफआरसी महासचिव चापागाईँद्वारा ‘सिड्नी शान्ति पुरस्कार’ ग्रहण
- भक्तपुरबाट दुर्गा प्रसाईँ पक्राउ
- चितवन राइनोजको ‘जर्सी’ सार्वजनिक
- गृहमन्त्रीद्वारा नवीन सोचका साथ काम गर्न निर्देशन
- सत्र क्विन्टल गाँजासहित टिपर चालक पक्राउ
- फरवार्ड लघुवित्तको साधारणसभा
- नेसनल लघुवित्तको साधारणसभा आह्वान
- नबिल बैंकको साधारणसभा आह्वान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया