Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगमको टिकटमा पाँच हजारसम्म छुट

निगमको टिकटमा पाँच हजारसम्म छुट


काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा पाँच हजार रुपैयाँसम्मको छुट दिएको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम दुई हजार पाँचसय रुपैयाँदेखि अधिकतम पाँच हजार रुपैयाँसम्म छुट दिइने भएको हो ।

काठमाडौंबाट भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर सेक्टरका लागि बजार भाडादरमा दुई हजार पाँच सय रुपैयाँसम्म छुट दिइनेछ भने कतारको दोहा युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा पाँच हजारसम्म दिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । हवाई भाडादर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशनबमोजिम राष्ट्रिय दायित्व निर्वाह गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरूको भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ । उक्त छुट जहाजको सिट उपलब्धताअनुसार पहिलो आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध गराइने जनाइएको छ । सोका लागि यात्रु स्वयं परिचयपत्रसहित उपस्थित हुनुपर्नेछ ।

हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए । यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा हवाईभाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्रीले एयरलाइन्सहरूले नागरिकको मर्का बुझिदिन अनुरोध गरेका थिए । निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही नोभेम्बर १ देखि २२ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x