Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधरहरा चढ्न शुल्क लाग्ने

धरहरा चढ्न शुल्क लाग्ने


काठमाडौं । धरहरा चढ्न अबदेखि शुल्क लाग्ने भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा व्यवस्थितरूपमा आइतबारदेखि सशुल्क सञ्चालन गर्न लागिएको हो । धरहरा चढ्न नेपाली नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।

यस्तै, विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले भने धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश, २०८१ बमोजिम धरहरा सञ्चालन नहुँदासम्म अन्तरिमरूपमा हाललाई शुल्क लिई मङ्सिर ९ गतेदेखि धरहरा सञ्चालन गर्न स्वीकृति दिएको हो । साथै शुल्क पनि मन्त्रिपरिषद्ले नै स्वीकृत गरेको छ । सहरी विकास मन्त्रालयले गरेको प्रस्तावअनुसार नेपाली नागरिकलाई प्रतिव्यक्ति दुई सय रूपैयाँ शुल्क तोकिएको छ भने सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति पाँच सय र सार्कबाहेक राष्ट्रलाई प्रतिव्यक्ति एक हजार रूपैयाँ शुल्क तोकिएको छ ।

त्यस्तै, धरहरामा पार्किङ गर्दा मन्त्रालयले चार पाङ्ग्रेका लागि प्रतिघन्टा २० रूपैयाँ र दुई पाङ्ग्रेलाई १० रूपैयाँ तोकेको छ । धरहरा परिसरमा प्रवेशका लागि भने ५० रूपैयाँ तोकिएको छ । त्यस्तै, धरहरा स्तम्भमा राष्ट्रिय महत्वका विज्ञापन गर्न प्रतिघन्टा पाँच हजार रूपैयाँ तोकिएको छ । त्यस्तै, धरहरा परिसरमा व्यावसायिक भिडियो छाङ्याकन गर्न प्रतिघन्टा पाँच हजार र फोटोग्राफीका लागि प्रतिघन्टा एक हजार रूपैयाँ तोकिएको मन्त्रालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x