Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसुन र चाँदीको भन्सार दर घट्यो

सुन र चाँदीको भन्सार दर घट्यो


काठमाडौं । सरकारले सुनको भन्सार दर घटाएको छ । सुन २० प्रतिशतबाट १० र चाँदी १५ प्रतिशतबाट १० प्रतिशतमा झारिएको अर्थ मन्त्रालयले जनाएको छ । भारतमा सुनको भन्सार दर कम रहेको कारण नेपालमा तस्करी बढेको आंशकापछि सरकारले भन्सार दर घटाएको हो । भन्सार विभागले मन्त्रिपरिषद्को निर्णय आइपुगेकाले कार्यान्वयनमा लगिएको जानकारी दिएको छ ।

चालू आर्थिक वर्षको बजेटमा तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सुनको भन्सार महसुल १५ प्रतिशतबाट २० प्रतिशत पुर्याएका थिए । त्यसपछि नेपालमा सुन महँगो र भारतमा सस्तो हुनगएको थियो । यसले नेपाली बजारमा भारतबाट तस्करीको सुन आएको आशंका गरिएको छ । यही कारण औपचारिक माध्यमबाट आउने सुनको परिमाण पनि घटेको देखिन्छ ।

नेपालमा सरकारले बजेटमार्फत भन्सार महसुल घटाउँदा भारतमा भने पूर्ण बजेटमार्फत भन्सार दर घटाइएको थियो । त्यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको हो ।

सुनको भन्सार दर घटाएपछि मूल्यमा प्रतितोला १० हजार रुपैयाँसम्म सस्तो हुने र चाँदीको भाउ पनि घट्ने व्यवसायीहरूले बताएका छन् । साथै तस्करीको सुन आउन रोकिने र वैधानिक माध्यमबाट सुन आयात बढेर जाने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x