Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारधितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा

धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अन्तिम चरणमा


काठमाडौं । पटक–पटक रोकिएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया अगाडि बढेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सिफरिस समितिले आइतबार बोर्ड अध्यक्षका प्रत्यासीसँग अन्तरवार्ता तथा कार्ययोजना लिई तीन जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस समितिले सन्तोष नारायण श्रेष्ठ, डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको हो । गत असारमा रोकिएकोे प्रक्रिया पुनः सुरु गर्दै सिफारिस समितिले नियुक्तिका लागि सरकारलाई तीन जनाको नाम सिफारिस गरेको हो । अन्तरवार्ता र कार्ययोजना प्रस्तुति गरेकामध्ये कृष्णबहादुर कार्की छनोटमा परेनन् । सर्ट लिस्टमा परेका चिरञ्जीवी चापागाईँ अन्तरवार्तामा उपस्थित भएनन् ।

सिफारिस समितिले यसअघि अन्तरवार्ता र कार्ययोजना प्रस्तुतिमा अनुपस्थित भएकामध्ये बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसँग आइतबार अन्तरवार्ता र कार्ययोजना प्रस्ताव लिएको थियो । सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठले यसअघि नै अन्तरवार्ता दिएका थिए ।

अन्तरवार्तामा सहभागी भएकाहरूले कार्ययोजना प्रस्तावमा पुँजी बजारलाई स्वच्छ, प्रतिस्पर्धी र पारदर्शी बनाउने, लगानीकर्ताको हकहित सुनश्चित गर्ने, बोर्डमा रोकिएको कामकारबाहीलाई अघि बढाउन कार्ययोजना प्रस्तुत गरेका थिए । अर्बौँको लगानीलाई सुरक्षित बनाउने, प्राथमिक निष्कासन (आईपीओ), थप निष्कासन प्रक्रिया (एफपीओ), ऋणपत्र, हकप्रदलगायत धितोपत्रको अनुमति रोकिएका प्रक्रियालाई अघि बढाउने विषय समेत कार्ययोजना प्रस्तुत गरेका थिए ।

गत असार २ गते अन्तरवार्ताका लागि पाँच जना उपस्थित हुनुपर्ने थियो । त्यसबाट तीन जनाको नाम सर्ट लिस्ट गरेर समितिले सरकारलाई पठाउनुपर्नेमा तीन जनाको नाम नपुगेपछि प्रक्रिया रोकिएकोे थियो । पाँच जनामध्ये तीन जना अनुपस्थित भएका थिए । त्यसपछि सििमतिले असार १४ गते छनोट प्रक्रिया रद्द गरेको थियो । त्यसविरुद्ध सन्तोषनारायण श्रेष्ठले सर्वोेच्च अदालतमा रिट माग गरेका थिए जसमा अदालतले प्रक्रिया रद्द नगर्न आदेश जारी गरेको थियो ।

बोर्ड अध्यक्ष पदका लागि १९ जनाले आवेदन दिएका थिए, तीमध्ये डा. अधिकारी, कार्की, सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र चिरञ्जीवी चापागाईँ गरी पाँच जनालाई कार्यपत्र मूल्याङ्कन तथा अन्तरवार्ताका लागि छनोट गरिएको थियो । धितोपत्र ऐनमा तीन जना सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । गत पुस २१ गतेदेखि बोर्डको अध्यक्ष पद खाली भएको थियो भने सरकारले नियुक्त गर्न सकेको छैन ।

साउन ३ गतेदेखि लागू हुनेगरी अर्थका सहसचिव महेश बराललाई बोडको कार्यवहाक अध्यक्षको जिम्मेवारी दिएको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालक समिति सदस्यले अध्यक्षको हैसियतमा काम गर्ने व्यवस्था छ । सोहीबमोजिम बार्ड अध्यक्षमा बरालले जिम्मेवारी पाएका हुन् । गत पुस २० गते बोर्डका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल सकिए पनि नयाँ अध्यक्ष नियुक्त हुन सकेको छैन । जसले गर्दा धितोपत्र बजारका अधिकांश काम प्रभावित बनेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #Page 1

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x