Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ

कपिलवस्तुमा पाटेबाघको छालासहित एक व्यत्ति पक्राउ


तौलिहवा (कपिलबस्तु) । पाटेबाघको छाला (अखेटोपहार) सहित कपिलवस्तुमा एक व्यक्ति पक्राउ परेका छन् । शिवराज नगरपालिका २ हल्लानगरमा वन्यजन्तु बाघको छालाको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा विष्णुप्रसाद भट्टराईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए ।

करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टर अगाडि बरण्डामा शङ्कास्पद अवस्थामा रहेका बुटवल उप महानगरपालिका(५ गोलपार्क बस्ने ४१ वर्षीय विष्णुप्रसाद भट्टराईलाई सादा पोशाकमा खटेका प्रहरी टोलीले पक्राउ गरेका हुन् ।

प्रहरी नायब उपरिक्षक अधिकारीले खानतलासी गर्दा उनको साथमा रहेको सेतो प्लाष्टिकको बोरामा जङ्गली जनावर पाटे बाघको छाला बोराभित्र भेटिएको बताए । प्रहरीले उक्त छाला पुच्छरको भाग २ फिट २ इन्च लम्बाइ भएको चार वटा दाह्रा, टाउकोदेखि पुच्छरको फेदसम्म ६ फिट लम्बाइ भएको, चारै खुट्टाको पञ्जाको भागमा नङ्ग्रा भएको र छालामा गोली लागे जस्तो देखिने ३ वटा सानो प्वाल रहेको जनाएको छ ।

भट्टराईलाई थप अनुसन्धानको लागि लु. ५८ प. ९७५५ नम्वरको मोटरसाइकलसहित डिभिजन वन कार्यालय चन्द्रौटा पठाइएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुरक्षा अपराध

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x