‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
काठमाडौँ । वन्यजन्तु सरक्षण सङ्घ नेपालले यहाँ आयोजना गरेको ‘नेपालमा चक्रिय अर्थतन्त्र तथा दिगो भविष्यतर्फ रूपान्तरण’ नामक सम्मेलनको उद्घाटन गर्दै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायुजन्य समस्या समाधान गर्न सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताएका छन ।
मन्त्री शाहीले जलवायुजन्य सङ्कट सामना गर्न समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन् । उनले जलवायु परिवर्तनका कारण बाढीपहिरो, डुबान, हिमपहिरो, हिमताल विस्फोट, हिउँ पग्लने, पानीको मुहान सुक्ने, अतिवृष्टि र अनावृष्टि जस्ता समस्याले विश्वकै अर्थतन्त्रमा असर गर्ने भएकाले जलवायुजन्य असर न्यूनीकरणका लागि सबैको पहल आवश्यक रहेकोमा जोड दिए । “हामीले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि पनि संरक्षणमा काम गर्ने सबै दातृ निकायको सहयोग आवश्यक छ,” उहाँले भन्नुभयो, “अहिले जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा छ ।”
मन्त्री शाहीले केही दिनअघि बाकुको अजरबैजानमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय प्रारुप महासन्धि (यूएनएफसिसिसी) का पक्ष राष्ट्रहरुको २९औँ शिखर सम्मेलन (कोप २९) पनि जलवायु परिवर्तनले पुर्याएको असर र समाधानका लागि नेपालले पैरवी गरेर आएको बताए ।
वन्यजन्तु सरक्षण सङ्घ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत सुभासचन्द्र खरेलले आजदेखि सुरु भएको सम्मेलन भोलि बुधबार सकिने जानकारी दिए ।
सम्मेलनमा विभिन्न शीर्षक अन्तर्गत ‘प्यानल’ छलफल समेत गरिने आयोजकले जनाएको छ ।सम्मेलनमा नेपाल सरकारका प्रतिनिधि, दातृ निकायका प्रतिनधि, विभिन्न सङ्घ संस्था, चक्रिय अर्थतन्त्रमा आधारित उद्योग व्यवसाय, युवा उद्यमी, विद्यार्थी, पत्रकार, वातावरणविद, समाजसेवी लगायतको उपस्थिति छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘जलवायु सङ्कट सामना गर्न सहकार्य आवश्यक’
- कीर्तिपुरमा विकास र सुशासनका मुद्दासहित चुनाव प्रचार तीव्र
- सामाजिक सुरक्षाकोषमा निजी क्षेत्र आबद्ध हुनैपर्ने
- धुलाबारीमा अतिक्रमित संरचना हटाउँदै मेचीनगर
- २७ सय १६ बिन्दुमा उक्लियो शेयर बजार
- इजरायली राजदूतद्वारा बिपी सङ्ग्रहालयको निरीक्षण
- बिआरआईअन्तर्गत सरकारले ऋण नलिने: सञ्चारमन्त्री
- टाटा ग्रिन ब्याट्रीको च्यानल पार्टनर मिट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया