Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !

अदालतले पक्राउ पुर्जी जारी गरेका प्रहरी (इन्स्पेक्टर) १ बर्ष देखि कार्यरत रहेको खुलासा !


काठमाडौं । काठमाडौँ जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा जोडिएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई पक्राउ पुर्जी जारी गरेपनि पक्राउ पुर्जी जारी भएको एक बर्षदेखि कार्यरत रहेको खुलासा भएको छ ।

प्रहरी वृत्त स्वयम्भुमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलियालाई पक्राउ पुर्जी जारी भएको एक वर्षदेखि सेवामै कार्यरत रहेको खुलेको हो । फौजदारी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी हुनासाथ सरकारी कर्मचारी स्वतः निलम्बन हुने कानुनी व्यवस्था छ । कानुन कार्यान्वयन गराउने प्रहरीले नै आफ्नै निरीक्षक अकौलियालाई पक्राउ गर्नुको साटो नियमित काममा लगाएको खुलासा हुनुलाई रहस्यमय मानिएको छ । मंसिर ४ गते स्वयम्भु प्रहरीले उनलाई जिल्ला अदालत काठमाडौंमा पेस गरेको तथ्य पनि सुलसुलेले प्राप्त गरेको छ ।

उनीसहित मारुती सहकारीका सञ्चालक वसन्त भेटवालविरुद्ध नृपेश श्रेष्ठले आपराधिक विश्वासघात कसुरमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा भेटवालसहित निरीक्षक अकौलियालाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको थियो ।भेटवाल मारुती सहकारीका अध्यक्ष हुन् । अकौलिया सहकारीका सदस्य थिए। हाल उनी निलम्बनमा पनि परेका छन्।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x