Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठपूर्वाधार विकास / उर्जाबक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति

बक्यौता उठाउन प्राधिकरणको नयाँ जुक्ति

बैंक खाता र सेयर कारोबार रोक्का गर्न पत्राचार


काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले उद्योगहरुबाट बक्यौता रहेको महसुल असुली गर्न बैंक खाता र सेयर कारोबार रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचार गरेको छ । विद्युत् नियमन आयोगले उद्योगहरुको लाइन नकाटी बक्यौता असुली गर्न निर्देशन दिएपछि प्राधिकरणले बैैंक खात राक्का गर्नेदखि सेयर निष्काशनमा रोक लगाउन नियामक निकायहरुलाई पत्र लखेको हो ।

आयोगले मंगलबार डेडिकेटेड विवादमा बक्यौता असुली गर्न तर लाइन नकाटन प्राधिकरणलाई निर्देशन दिएको थियो । त्यसपछि प्राधिकरण सञ्चालक समितिले बक्यौता उठाउनका लागि लाइन नकाटी विकल्प खोज्ने निर्णय गरेको थियो । त्यसपछि प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल राष्ट्र बैंकलाई बक्यौता नतिर्ने उद्योगहरुको बैंक खाता रोक्का गरिदिन आग्रह गर्दै पत्र लेखेका हुन् ।

‘बक्यौता रकम भुक्तानी गर्न विभिन्न समयमा अवधि दिइएकामा भुक्तानी नगरेकोले नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ३२ क र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४० (२) एवं विभिन्न अदालतको फैसलाबमोजिम बक्यौता रकम असुलीको निम्ति सम्बन्धित निकाय (कम्पनी) हरुको उल्लिखित रकम असुली नभएसम्म ती कम्पनीहरुले खातामा रकम जम्मा गर्न पाउने खाताबाट रकम झिक्न नपाउने गरी बैंक खाता रोक्का गरी विद्युत् महसुलबापतको सार्वजनिक राजस्वको रकम असुली गर्ने कार्यमा सहयोग गरिदिनुहुन अनुरोध छ,’ राष्ट्र बैंकलाई लेखिएको पत्रमा उल्लेख छ ।

प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको हक हस्तान्तरण रोक्का गर्न कम्पनी राजिष्ट्रारको कार्यालयलाई पत्र लेखेको छ । यस्तै नेपाल धितोपत्र बोर्डलाई पनि बक्यौता नतिर्ने कम्पनीलाई आईपीओ निष्काशन अनुमति नदिन पत्र पठाएको छ । प्राधिकरणलाई बक्यौता नतिर्ने जगदम्बा स्टिल र रिलायन्स स्पिनिङ मिल्सले आइपीओ निष्काशनका लागि निवेदन दिएका छन् । जुन अहिले पनि विचाराधीन छ ।


क्याटेगोरी : पूर्वाधार विकास / उर्जा, समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x