विराटनगरमा मैथिली भाषाको अन्तर्राष्ट्रिय अवार्ड हुने
विराटनगर । मैथिली साहित्य, भाषा, संस्कृतिलाई अन्य भाषाभाषीहरूमा पहुँच पुर्याउन कोशी प्रदेशको राजधानी विराटनगरमा मान अन्तर्राष्ट्रिय अवार्ड–२०२४ को आयोजना हुने भएको छ ।
मैथिली एसोसिएसन नेपाल विराटनगरले आगामी मंसिर १५ गते विराटनगरमा सो अवार्ड वितरण गर्ने भएको हो । कार्यक्रममा नेपाल तथा भारतका ख्यातिप्राप्त नेपाली, किराँती, थारु, मैथिली, भोजपुरी भाषाका साहित्यकार, चलचित्रकर्मी, नाटक कलाकार, चित्रकलाकार, गायक गायिका, भाषाविद्, सूचना प्रविधि उद्यमी, सामाजिक अभियन्ता गरी दुई सय जतिको सहभागिता रहने जनाइएको छ । कार्यक्रममा अलग–अलग विधामा उत्कृष्ट व्यक्तिहरूलाई मान अवार्ड र ट्रफीसहित दोसल्ला ओढाइ सम्मान गर्ने कार्यक्रम रहेको एसोसियसनका अध्यक्ष प्रवीणनारायण चौधरीले जानकारी दिए ।
अवार्ड कार्यक्रमले यस क्षेत्रको प्रचार प्रसार भारतमा पनि हुने भएकाले धार्मिक, प्राकृतिक र हिमाली क्षेत्रको पर्यटकीय क्षेत्रमा भारतीय नागरिकहरूको आवागमनमा वृद्धि हुने आयोजकको विश्वास छ । कार्यक्रममा उत्कृष्टताको आधारमा वरिष्ठदेखि कनिष्ठसम्मका साहित्यकारलाई सम्मान गरिने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- नबिल एसएसईको वार्षिकोत्सव
- कृषि विकास बैंकको मेलम्ची शाखाको सहयोग
- सिद्धार्थ बैंक र एनसीएचएलबीच अली पे प्लसमार्फत अन्तरदेशीय भुक्तानी गर्ने सम्झौता
- कांग्रेसको सयदिने अभियान सुरु
- ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु, एकको अवस्था गम्भीर
- मलको अभाव हुँदा खेती गर्न समस्या
- मकवानपुरमा सुतिरहेका साथीको साबेल प्रहार गरी हत्या
- सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया