छन्दुस्थित महावाणिज्य दूतावासमा परराष्ट्रमन्त्री डा. राणा
काठमाडौँ । चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्य दूतावासको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार निरीक्षण गरेकी छिन् । सो अवसरमा महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले उनलाई स्वागत गरेका थिए । महावाणिज्यदूत राउतले महावाणिज्य दूतावासका कामकारबाहीका बारेमा मन्त्री डा. राणालाई जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै मन्त्री डा. राणाले यस पृष्ठभूमिमा महावाणिज्य दूतावासलाई नेपालको पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन ।
मन्त्री डा. राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवर्द्धन गर्ने कार्यमा लाग्न निर्देशन दिइन् । यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवर्द्धन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरिन ।
नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा मन्त्री डा. राणाले जोड दिएकी थिइन । परराष्ट्र मन्त्रालयले महावाणिज्य दूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओलीलगायत पनि सहभागी भएको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- रामेछापमा वस दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
- म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
- लुम्बिनीमा प्रधानमन्त्री ओली
- नेपाली व्यवसायीलाई विश्नोईको नामबाट धम्की
- सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि एमेच्योर राहुललाई
- स्वास्थ्य मन्त्रालयद्वारा अनुमतिप्राप्त मेडिकल कलेजहरूको अस्पताल शय्या क्षमता सार्वजनिक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया