म्यान्माका राजदूतद्वारा स्वयम्भूको दर्शन
काठमाडौँ । नेपालका लागि म्यान्माका राजदूत यु मायो माइन्ट माउङ्गले शुक्रबार बिहान विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ चैत्यको दर्शन एवं पूजाआजा गरेका छन् । राजदूत माउङ्गसहित म्यान्माका राजगुरू सिकागो सायदोले शुक्रबार स्वयम्भूसहित आसपासका सम्पदाको अवलोकन गरी विधिपूर्वक चैत्यको पूजाआजा गरेका हुन् । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले उनीहरूलाई स्वागत गर्दै सम्मान गरेको छ ।
महासमितिका अध्यक्ष महास्थवीर भिक्षु धर्ममूर्तिले ऐतिहासिक पक्षका साथै धार्मिक गतिविधिबारे उनलाई जानकारी गराउँदै बौद्ध साहित्य एवं दर्शनलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न महासमितिले महत्वपूर्ण भूमिका निर्वाह गरेको राससलाई बताए । राजगुरू सायदोले विश्वशान्ति तथा मानव कल्याणका लागि बौद्ध शिक्षाको महत्व रहेकाले ती साहित्य तथा दर्शनको प्रवर्द्धनमा जोड दिने बताउँदै पवित्र तीर्थस्थलको अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गरे ।
महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले विशेषगरी विभिन्न धार्मिक गतिविधि गरिने उक्त स्थलमा हिनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले आस्था प्रकट गर्ने जानकारी दिए । उनले विभिन्न मुलुकका कूटनीतिक नियोगबाट गरिने भ्रमणले अन्तर्राष्ट्रिय तहमा सकारात्मक सन्देश प्रवाह भएर धार्मिक पर्यटनमा अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । सो अवसरमा महासमितिले विभिन्न प्रकाशनसहित उनीहरूलाई उपहार प्रदान गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पराष्ट्रमन्त्री राणा चीनमा, ओलीको भ्रमणमा बीआरआई कार्यान्वयनसम्बन्धी सम्झौता हुने सम्भावना कति ?
- प्रधानमन्त्रीद्वारा बुद्धका शिक्षाको प्रचारक भएर समाजमा प्रस्तुत हुन आग्रह
- निर्वाचन आयोगले सोध्यो ६ जना उम्मेदवारलाई स्पष्टीकरण
- लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह
- प्रहरी (असई)द्वारा आफैंमाथि गोली प्रहार !
- रामेछापमा फोर्स गाडी दुर्घटना, पाँच जनाको मृत्यु
- दुर्गा प्रसाईँलाई थप ५ दिन म्याद थप गर्न अदालतले दियो अनुमति
- कालीगण्डकी डाइभर्सन योजना अगाडि बढ्छ: अर्थमन्त्री
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया