(बीआरआई)मा सत्तासाझेदार कांग्रेस र एमालेबीच सहमति
काठमाडौं । चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) का विषयमा सत्तासझेदार दुई दल एमाले र कांग्रेसबीच सहमति भएको छ । शनिबार बालुवाटारमा दुई दलका नेताबीच छलफलपछि बीआरआईलाई अन्तिम रुप दिएको कांग्रेस महामन्त्री गगन थापाले संचारमाध्यमहरुलाई बताएका छन् ।
एमाले–कांग्रेसले नेपालमा बीआरआई सम्झौता र कार्यान्वयनका विषयमा सहमतिमा पुग्न एक कार्यदल गठन गरेका थिए । दुवै पार्टीका नेता सम्मिलित उक्त कार्यदलले बीआरआईबारे ‘ड्राफ्ट’ तयार गरेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कार्यदलले तयार पारेको ड्राफ्टलाई ‘फाइनल’ रूप दिएका थापाले बताएका छन् । बीआरआईमा सहमति जुटाएको भन्दै ओली र देउवाले कार्यदललाई धन्यवाद व्यक्त गरेका उनले जानकारी दिए । यद्यपी खाका भने सार्वजनिक भएको छैन ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सिरियाली विद्रोहीले अलेपोको ‘धेरैजसो’ भाग नियन्त्रणमा लिएको दाबी
- नेपालको राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर सरकार अघि बढ्छ : मन्त्री अधिकारी
- राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओली बीच भेटघाट
- उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भई मतदान गर्न आयोगको आग्रह
- त्रिवि क्रिकेट मैदानमा भीडमा च्यापिँदा दुई प्रहरीसहित सात घाइते
- प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
- औषधी पसलेलाई वीर अस्पताल प्रवेशमा निषेध
- बिआरआईअन्तर्गत अनुदान उपयुक्त हुन्छ : सिंह
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया