Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफर्जि कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुदामा अध्यागमन अधिकृतहरूले सफाइ

फर्जि कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुदामा अध्यागमन अधिकृतहरूले सफाइ


काठमाडौँ । फर्जि कागजात बनाएर भिजिट भिसामा विदेश पठाएको मुद्दामा प्रतिवादी कायम गरिएका अध्यागमनका ९ अधिकृतहरूले सफाइ पाएका छन् ।

सफाइ पाउनेमा अधिकृतहरू विमल पौडेल, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विष्णु अर्याल, विकाश डंगोल, पिताम्बर रिमाल र सुजन फागो रहेका छन् । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा उनीहरूले भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर आर्थिक लेनेदन गरेको आरोप लागेको थियो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राम प्रसाद शर्माको इजलासले उनीहरूलाई सफाइ दिएको हो। लिखत किर्ते तथा संगठित अपराध सम्बन्धी कसुरमा ४ जनालाई भने कसुरदार कायम गरिएको छ । कसुरदार हुनेहरुमा गिता शाह, अरुण दाहाल, सरोज कुमार यादव र गणेश पाण्डे रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x