Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड–१९ को असर बैंकहरुको वितरणयोग्य नाफामा

कोभिड–१९ को असर बैंकहरुको वितरणयोग्य नाफामा


सुरेश राउत
काठमाडौं, असार ३०
चालू आर्थिक वर्ष सकिन दुुई दिन मात्र बाँकी छ । सबैजसो बैंकहरु अहिले आफ्नो चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण राफसाफ र सार्वजनिक गर्ने तयारीमा छन् । सरकारले विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गत वर्ष चैत ११ गतेदेखि पूर्णरुपमा लक डाउनको घोषणा गरेकोमा असार १ गतेदेखि मात्र आंशिक खुुकुुलो गरेको छ । तर अहिलेसम्म पनि सार्वजनिक यातायात चलेका छैनन् । स्कुुल, कलेज, होटल, रेष्टुरेन्टलगायतका सबैजसो क्षेत्र बन्दप्रायः छन् । यी सबैको असर बैंकहरुमा देखिएको छ ।

निक्षेप बढे पनि कर्जाको माग नबढेको, लकडाउनकै कारण ग्राहकहरुको कर्जा तिर्नसक्ने क्षमतामा आएको ह्रासका कारण बैंकहरुको ब्याज आम्दानी निकै कमजोर बनेको छ । यो अवस्थामा सबै किसिमका उद्योगी व्यवसायीहरुले लकडाउनको अवधिमा कर्जाको ब्याजमा छुुट दिनुुपर्ने, सावाँ ब्याज भुक्तानी गर्नुुपर्ने समय थप गर्नुुपर्ने, लकडाउनका कारण कमजोर भएका उद्योग, व्यवसायहरुलाई सोही उद्योग व्यवसाय धितो राखेर पुुनर्कर्जा दिनुुपर्ने, कर्जाको ब्याजलाई घटाउनुुपर्नेलगायतका मागहरु राख्दै आएका छन् । यी मागहरु पूरा गराउनको लागि सबै किसिमका उद्योगी व्यवसायीहरुले मौद्रिक नीतिको अन्तिम तयारीमा जुुटेको राष्ट्र बैंकको ढोका घच्घच्याइरहेका छन् ।

आफ्ना मागहरुलाई मौद्रिक नीतिले सम्बोधन गर्नुुपर्ने भन्दै उद्योगीहरुले लिखित सुझाव पनि राष्ट्र बैंकलाई दिएका छन् । केही उद्योगी व्यवसायीहरुले लकडाउनको अवधिमा पनि बैंकहरुले कर्जाको सावाँ ब्याज भुक्तानी र कर्जा चुक्ताको लागि दबाब दिएको भन्दै आफ्नो सवारीसाधन, पसल व्यवसायको चाबी नै समेत बैंकलाई बुुझाएका छन् । यस अर्थमा पनि अहिले सानाठूला सबै किसिमका उद्योगी व्यवसायीहरु मौद्रिक नीतिलाई कुुरिरहेका छन् । कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्ने विषयमा पनि उद्योगी व्यवसायीहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।

उद्योगी व्यवसायीहरुको कर्जाको सावाँ ब्याज तिर्नसक्ने क्षमताको आएको गम्भीर असर यतिखेर बैंकहरुको नाफामा पर्ने देखिएको छ । बैंकहरुको अन्तिम त्रैमासिक लकडाउनमा नै बितेको छ । यो अवस्थामा बैैंकहरुको लागि चालू आर्थिक वर्षको चौथो त्रैमासिकमा वित्तीयरुपमा निकै कमजोर देखिने भएको छ । अहिले सबैको ध्यान बैंकहरुप्रति लक्षित रहेको छ । बैंकहरुले पनि नागरिकको निक्षेप चलाउने हो ।

कोरोना भाइरस (कोभिड १९) र यसलाई नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनपश्चात् बैंकिङ कारोबार जेठ मसान्तसम्म लगभग शून्यकै अवस्थामा रहेको थियो । ‘यो अवस्थामा चौथो त्रैमासिकमा सबैजसो बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक हुुने देखिन्छ’, एक बैंकरले भने । ग्लोबल आईएमई बैंकका कामुु प्रमुुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैंकहरुको वितरणयोग्य नाफा कति र कुुन हदसम्म घट्छ भन्ने कुरा राष्ट्र बैंकको मौद्रिक नीतिमा भर पर्ने बताए । अहिले राष्ट्र बैंक आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा तयारीमा रहेको र ‘यदि लकडाउनका कारण उठाउन नसकिएको कर्जाको सावाँ ब्याजलाई साउन मसान्तसम्म उठाउन सहुुलियत दिने र त्यसलाई असार मसान्तसम्म नै प्राप्त भएको सावाँ ब्याजमा गणना गर्ने व्यवस्था गर्ने हो भने वितरण नाफामा गिरावटमा केही कमी आउन सक्छ’, उनले भने ।

नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले एउटा सार्वजनिक बहसमा भनेका छन्, ‘कोभिडबाट सबैभन्दा बढी, मध्यम र कम प्रभावित गरी तीन भागमा वर्गीकरण गरेर ऋणको किस्ता तिर्ने विषयमा केही न केही समय थप हुनेछ ।’ उनको भनाइअनुसार कर्जाको ब्याजदर घटाउँदा निक्षेपको ब्याजदर पनि घटाउनु नै पर्ने हुन्छ । यसरी बैंकहरुले कर्जाको ब्याजदर घटाउँदा हाम्रो अर्थतन्त्रलाई नै नकारात्मक असर गर्ने ढुुंगानाको भनाइ छ ।

सोही बहसमा नेपाल राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्टले भनेका छन्, ‘राष्ट्र बैंकले कोभिड–१९ का कारण प्रभावित निजी क्षेत्रको समस्या समाधान गर्दै पुनर्कर्जा व्यवस्थापन र रोजगारी सिर्जनामा ध्यान दिएर मौद्रिक नीति ल्याउने तयारी गरेको छ । प्रवक्ता डा. भट्टका अनुसार आगामी मौद्रिक नीतिले कोभिड १९ का कारण कमजोर बनेको अर्थतन्त्रलाई बलियो बनाउने र अर्थतन्त्रलाई पुनरुत्थान गर्ने लक्ष्य लिनेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x