Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअप्रेसनको नाममा बिरामीसँग अनावश्यक शुल्क

अप्रेसनको नाममा बिरामीसँग अनावश्यक शुल्क


रामहरी चौलागाइँ
काठमाडौं, असार ३०
तिलगंगा आँखा अस्पतालले अप्रेसनको नाममा सर्वसाधारण नागरिकसँग अनावश्यक शुल्क लिएको पाइएको छ । अस्पतालले एउटा साधारण बिरामीको अप्रेसन गर्दा कम्तीमा छ हजार पाँच सय शुल्क लिने गरेको छ । त्यसमा औषधिको व्यवस्था बिरामी स्वमले गर्नुपर्छ । अप्रेसनसहितको सबै रकम जोड्दा करिब १० हजारसम्म खर्च हुने गरेको भुक्तभोगीहरू बताउँछन् ।

१९ असारमा आँखाको बाहिरी भागमा सानो मासुको डल्लो पलाएको समस्या लिएर अस्पताल पुगेकी दाङकी ममता शर्माले १५ मिनेटको बीचमा सात हजार पाँच सयभन्दा बढी शुल्क बुझाउनु प¥यो । जब कि उनको आँखाको अपे्रसन गर्न डाक्टरलाई १५ मिनेटको समय पनि लागेको थिएन । अस्पतालमा दैनिकरूपमा यस्ता समस्या लिएर आउने सयौँ बिरामीको अप्रसेन हुनेगरेको छ ।

अप्रेसनअघि रगत परीक्षण शुल्क भनेर १४ सय ५० छुट्टै तिरेको उनले बताइन् । पटकैपिच्छे अस्पताल जाँदा टिकटबापत भन्दै एक सय रुपैयाँ शुल्क त छँदैछ । आँखाको साधरण अप्रेसन गर्नुपरेको खण्डमा पनि डाक्टरहरूले अनावश्यक सामान किन्न लगाउने गरेको दुखेसो उनले गरिन् । अपे्रसनमा आउने हरेक बिरामीलाई डाक्टरहरूले अप्रेसन गर्दा लगाउने गाउनसमेत (हरियो लुगा) किन्न लगाउने गरेका छन । ता कि अस्पतालले अप्रेसन शुल्क लिइसकेपछि त्यसको जोहो आफैँले गनुपर्ने हो ।

अप्रेसनको लागि भनेर एक झोला सामान किन्न लगाइएको तर अप्रेसन गर्नुभन्दा अगाडि डाक्टरले आफूलाई झोलाबाट झिकेर एउटा लठ्याउने सुइ मात्र लगाइएको उनले बताइन् । बाँकी एक झोला सामान कता गायब भयो उनले पत्तो पाउन सकिनन् । बिरामीको अप्रेसनको नाम गरी ल्याइएका तिनै सामान अस्पतालका कर्मचारीले फार्मेसीमा फिर्ता गराउने र रकम बुझ्ने गरेको बताइन्छ । हरेक अप्रेसनका बिरामीमार्फत सामान किन्न लगाएर केही कर्मचारी र डाक्टरहरूसमेत मालामाल हुनेगरेको बताइएको छ ।

बिरामीको लागि भनेर ल्याइएको सामान प्रयोग नभएपछि इमानदारसाथ फिर्ता गर्नुपर्ने अस्पतालका कर्मचारीहरूको दायित्व भए पनि त्यसो गरिँदैन । यिनै प्रयोगमा नआएका सामान अस्पतालका कर्मचारी र फार्मेसीसँगको मिलेमतोमा कमाउ धन्दा बन्दै आइरहेको छ । डाक्टर, फार्मेसी र अस्पतालका केही कर्मचारीको मिलेमतोमा नै यस्तो काम हुनेगरेको अस्पताल स्रोतले जानकारी दिएको छ । यसबाट केही कर्मचारी र डाक्टरहरू मालामाल हुँदै आएका छन् ।

अप्रेसनपछि बिरामीको लागि आवश्यक औषधिका रकम पनि छुट्टै तिर्नुपर्छ । अब प्रश्न उठ्छ १५ मिनेट अप्रेसन गरेको यति महंगो शुल्क किन लिइन्छ ? काठमाडौं उपत्यकामा मात्र नभएर मुलुकबाहिर र छिमेकी मुलक भारतलगायत दक्षिण एसियामा समेत यो तिलगंगा आँखा अस्पातलको चर्चा हुनेगरेको छ । हरेक वर्ष छिमेकी मुलुक भारतबाट पनि सयौं संख्यामा आँखा उपचारको लागि मानिसहरू यहाँ आउने गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x