Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअर्थमन्त्रीका ज्वाइँको असल छिमेकी भएपछि नेप्से प्रमुख साउदले पाए उन्मुुक्ति

अर्थमन्त्रीका ज्वाइँको असल छिमेकी भएपछि नेप्से प्रमुख साउदले पाए उन्मुुक्ति


काठमाडौं, असार ३१
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको वार्षिक कार्यसम्पादन मूल्यांकन कमजोर देखिएको भए पनि हालसम्म पनि कार्यगत सुधार नभएको देखिएको छ । नेप्से उच्च स्रोतका अनुसार सेयर कारोबारलाई अत्याधुनिक, प्रविधियुक्त र सुरक्षित बनाउने उद्देश्यले नेप्सेले ४० करोड रुपैयाँमा सफ्टवेयर खरिद गरेको थियो । उक्त सफ्वेयरको खरिद प्रक्रियामा अनियमितता भएको आशंकामा अर्थ मन्त्रालयले सफ्टवेयर खरिदसम्बन्धी फाइल मन्त्रालयमा तान्यो । तत्कालीन समयमा अर्थ मन्त्रालयअन्तर्गतको अनुुगमन तथा मूल्यांकन महाशाखाले सफ्टवेयर खरिदसम्बन्धी फाइल तानेको थियो ।

त्यो समयमा महाशाखाकी प्रमुुख थिइन्– उपसचिव सीतादेवी दाहाल । उनै दाहाल समेतको सहभागितामा सफ्टवेयर खरिदका सम्बन्धमा छानबिन गरियो । छानबिनले सफ्टवेयर खरिद प्रक्रियामा गलत भएको ठहर गर्दै प्रतिवेदन सार्वजनिक गरेको थियो । नेप्से उच्च स्रोतका अनुसार सोही समयमा अर्थ मन्त्रालयअन्तर्गतको संस्थान समन्वय तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाले नेप्सेको वार्षिक कार्यसम्पादन मूल्यांकन ग-यो । उक्त मूल्यांंकनलाई राम्रो मान्नको लागि न्यूनतम पनि ५० अंक आउनुपर्थ्यो । स्रोतका अनुसार त्यसमा नेप्सेका प्रमुुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको ४० नम्बर मात्र आयो ।

अघिल्लो वर्षमा गरिएको कार्यसम्पादन मूल्यांकन नतिजा कमजोर भएपछि करार सम्झौता रद्द हुुनुुपर्ने स्रोतले बताएको छ । नेप्सेको कामबारे छानबिन भए पनि कुुनै कारबाही भएन । नेप्से प्रमुुख साउदलाई कारबाही नगरिनुुको एउटै कारण हो, शक्ति केन्द्रसँगको बलियो सम्बन्ध । स्रोतका अनुसार नेप्सेका प्रमुख साउद अर्थमन्त्री डा. युुवराज खतिवडाका ज्वाइँ रामशरण खरेलका असल छिमेकी हुुन्, त्यही भएर साउदमाथि कुुनै कारबाही भएन । ‘उनले सम्भावित कारबाहीबाट उन्मुुक्ति पाएका छन्’, स्रोतले भन्यो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x