Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारदुई कम्पनीविरुद्ध ३७ करोड राजस्व छलीमा मुुद्दा दायर

दुई कम्पनीविरुद्ध ३७ करोड राजस्व छलीमा मुुद्दा दायर


काठमाडौं, असार ३१
युनिक वाइड इन्टरनेशनल प्रालि र न्युु युनिक इन्टरनेशल प्रालिविरुद्ध ३७ करोड रुपैयाँबराबरको राजस्व छली गरेको अभियोगमा मुुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले स्थायी लेखा नम्बर ६००५७७८२५ भएको युनिक र स्थायी लेखा नम्बर ३००८४२२३ भएको न्युु युनिकविरुद्ध झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा मुुद्दा दायर गरेको हो ।

सोमबार झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व छली गर्ने युनिक र न्यु युनिकका नाउँमा ३७ करोड ६० लाख २८ हजार सात सय रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद मागदाबी लिई उच्च अदालत पाटनमा मुुद्दा दर्ता गरिएको विभागले जनाएको छ । ती कम्पनीहरुले वस्तु तथा सेवा खरिद नै नगरी झूठो तथा नक्कली मूल्यअभिवृद्धि कर (भ्याट) बीजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरेको देखिएको छ ।

विभागका अनुसार ती दुुई कम्पनीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड (क), (ख) र (छ) बमोजिम कसुर गरी युनिक वाइड इन्टरनेश्नल प्रालि तथा न्यू युनिक इन्टरनेशनलले मू.अ. करतर्फ १२ करोड ४२ लाख २८ हजार छ सय १७ रुपैयाँ, आयकरतर्फ २२ करोड ८० लाख ५९ हजार तीन सय नौ रुपैयाँ र लाभकरतर्फ दुई करोड ५७ लाख ४० हजार सात सय ७३ रुपैयाँ समेत गरी कुल ३७ करोड ८० लाख २८ हजार सात सय रुपैयाँ राजस्व चुहावट गरेको खुलेको छ ।

‘सोही आधारमा युनिक र न्यु युनिकका सञ्चालक तथा प्रोपाइटर एवं झूठो तथा नक्कली बिल बीजक उपलब्ध गराउने व्यक्ति भुवन पाण्डेलाई उल्लिखित कसुर अपराधमा ३७ करोड ८० लाख रुपैयाँ बिगो र र कैद सजाय समेत मागदाबी लिई उच्च अदालतमा मुुद्दा दायर गरिएको हो’, विभागले भनेको छ । यसैगरी विभागले भैरहवा गल्ला मण्डीस्थित सोनी ज्वेलर्सका प्रोपाइटर सुनिल सुनार र निजका सहयोगी अमित परियार समेतले अवैध सुन चोरी पैठारी गरी राजस्व चुहावट तथा अवैध आर्थिक कारोबार गरेको सूचनाको आधारमा ९९ लाख पाँच हजार रुपैयाँ नगद तथा कागजात समेत बरामद गरी अनुसन्धान कार्य सुरु गरिएको समेत जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x