Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसोलुखम्बु जिल्लामा ५४ प्रतिशत विकासे बजेट खर्च

सोलुखम्बु जिल्लामा ५४ प्रतिशत विकासे बजेट खर्च


महेन्द्र शाही
सोलुखुम्बु, साउन ४
सोलुखुम्बु जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा ५४ प्रतिशत विकासे बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुका अनुसार जिल्लाभर ५४ दशमलव ५४ प्रतिशत रकम खर्च भएको हो । केन्द्र सरकारबाट प्राप्त पुँजीगत रकम ६४ करोड ४९ लाख ३ हजार ५ सय ९९ मध्ये ३५ करोड १७ लाख ३९ हजार ४ सय ८८ रकम खर्चको भएको छ । यो गत वर्षभन्दा २९ दशमलव ७० प्रतिशत कम भएको कार्यालयका सूचना अधिकारी नविन राईले जानकारी दिए ।

यस्तै प्रदेशअन्तर्गतको पुँजीगत रकम १९ करोड २८ लाख ६९ हजारमध्ये ११ करोड १० लाख ८१ हजार ४ सय ९१ खर्च भएको छ । यसरी हेर्दा यस वर्ष प्रदेश सरकारले जिल्लाका लागि पठाएको बजेटको ५७ दशमलव ६० प्रतिशत रकम खर्च भएको छ । जुन अघिल्लो आर्थिक वर्ष २०७५/०७६ को भन्दा २१ दशमलव ९० प्रतिशत कम खर्च भएको हो ।

यस्तै केन्द्रतर्फको चालू रकम ३० करोड ७८ लाख ८५ हजार ६ सय ४२ मध्ये २७ करोड ७८ लाख १५ हजार ९ सय २० खर्च भएको छ । जुन ९७ दशमलव ५४ प्रतिशत हो । प्रदेशतर्फको चालू रकम ५५ करोड १७ लाख ५६ हजारमध्ये ४४ करोड ९३ लाख ८१ हजार ६ सय ७७ खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुले जनाएको छ । सोलुखुम्बुको जिल्लामा विकास निर्माणका लागि विनियोजित बजेटमध्ये ४२ प्रतिशत रकम फ्रिज भएको छ ।

कोरोना भाइरसका कारण देश लकडाउन भएपछि विकास निर्माणको काम ठप्प हुँदा ३७ करोड ४९ लाख ४५ हजार ६ सय रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यलय सोलुखुम्बुले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा केन्द्र सरकारतर्फको २९ करोड ३१ लाख ६४ हजार १ सय १० रुपैयाँ र प्रदेश सरकारको ८ करोड १७ लाख ८१ हजार ५ सय ८० रुपैयाँ फ्रिज भएको कार्यालयका सूचना अधिकारी राईले जानकारी दिए ।

हिमाली जिल्लामा विकास निर्माणको मुख्य समयमा लकडाउन हुँदा त्यसको प्रत्यक्ष असर परेको निर्माण व्यवसायीको भनाइ छ । सोलुखुम्बुमा आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि उपयुक्त समय नै फागुनदेखि जेठ महिनालाई मानिछ तर यो समयमा कोरोनाका कारण काम हुन नसकेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x