Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारघुससहित गोदावरी नगरपालिकाका उपसचिव र इन्जिनियर पक्राउ

घुससहित गोदावरी नगरपालिकाका उपसचिव र इन्जिनियर पक्राउ


काठमाडौं, साउन ६
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग लिएको घुस रकमसहित ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) र सब–इन्जिनियरलाई सोमबार कार्यकक्षबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा उपसचिव कृष्णप्रसाद जैसी र सब–इन्जिनियर किशोर कुमार मोक्तान छन् । निर्माणाधीन आयोजनाको बिल भुक्तानीबापत उनीहरुले घुस रकम लिएका थिए । घुस दिनेले नै अख्तियारलाई खबर गरेको कारण उनीहरु कार्यकक्ष रकमसहित पक्राउ परेका हुन् ।

घुस दिनेहरुले अख्तियारको काठमाडौंको टंगालस्थित केन्द्रीय कार्यालयमा खबर गरेका थिए । सोही टोलीले दिएको रकम नै उनीहरुले घुसबापत लिएको स्रोतले जानकारी दिएको छ । आर्थिक वर्ष सकिएपछि भुक्तानी दिने क्रममा विभिन्न सरकारी कार्यालयले निर्माण व्यवसायी, आपूर्तिकर्ता तथा उपभोक्ता समितिसँग घुस रकम उठाउने गरेको भन्दै अख्तियारले वर्षेनी यो समयमा सक्रियता बढाउने गरेको छ ।

अख्तियारले पछिल्लो एक सातामा स्थानीय तहका कर्मचारीहरुलाई घुस रकमसहित पक्राउ गरिरहेको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान गरी अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्नेछ । अख्तियारले आइतबार पनि बाराको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका सब–इन्जिनियर गजेन्द्र प्रसाद जैसवाल ८० हजार घुस रकमसहित पक्राउ गरेको थियो । अख्तियारको हेटौंडाको टोलीले उनलाई पक्राउ गरेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x