Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार१५० सङ्क्रमित थपिए

१५० सङ्क्रमित थपिए


काठमाडा, साउन ७
नेपालमा पछिल्लो २४ घण्टामा १५० जनामा कोरोना भाइरस देखिएको छ । विभिन्न २७ प्रयोगशालामा गरिएको तीन हजार ९ सय ६३ नमूना परीक्षणमा १ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या १७ हजार ९ सय ९४ पुगेको छ ।

मंगलबार सबैभन्दा बढी धनुषामा २९ जनामा सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा नौ सङ्क्रमित थपिएका छन् । यस्तै कञ्चनपुरमा २०, महोत्तरीमा १४, दैलेखमा १०, काठमाडौँ र उदयपुरमा आठ/आठ, चितवन र मकवानपुरमा पाँच/पाँच, बझाङ र डोटीमा चार/चार, मोरङ, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, बाँके, सर्लाही, दाङ र कैलालीमा तीन/तीन जना सङ्क्रमित थपिएका छन् ।

यस्तै झापा, इलाम, पर्सा, रामेछाप र सल्यानमा दुई/दुई तथा सप्तरी, काभ्रेपलाञ्चोक, कैलाली, नुवाकोट, ललितपुर, नवलपरासीमा एक/एक सङ्क्रमित थपिएका छन् । हालसम्म तीन लाख २३ हजार ८ सय ३५ नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टाइनमा २१ हजार ७ सय ४ र आइसोलेसनमा पाँच हजार ४ सय ७७ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त भएर ६ सय ९ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । हालसम्म १२ हजार ४ सय ७७ जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् । जुन कुल सङ्क्रमितको ६९.३४ प्रतिशत हो । अहिले पनि मुलुकका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा पाँच हजार ४ सय ७७ जना सक्रिय सङ्क्रमितको उपचार भइरहेको उनले जानकारी दिए । प्रदेश नं २ को रौतहट तथा सुदूरपश्चिम प्रदेशको कैलाली र बाजुरामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

सात जिल्ला कोरोनाको सक्रिय सङ्क्रमित मुक्त भएका छन् । प्रदेश नं १ को भोजपुर, पाँचथर, धनकुटा र सङ्खुवासभा, वाग्मती प्रदेशको रसुवा तथा गण्डकी प्रदेशको मनाङ र मुस्ताङमा कोरोनाको सक्रिय सङ्क्रमित छैनन् । विश्वमा हालसम्म एक करोड ४८ लाख ६६ हजार ३ सय ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये छ लाख १३ हजार ५ सय ५० जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x