काठमाडौं, साउन ८
मेडिकल सामग्रीहरुको कारोबार गर्दै आएको त्रिपुरेश्वरस्थित ओम सर्जिकल कन्सर्न प्रालिलाई राजस्व अनुसन्धान विभागले सिलबन्दी गरेको छ । त्यसका सञ्चालक रामशरण भण्डारी हुन् । भण्डारीको स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरुसँग राम्रो साँठगाँठ थियो । त्यही कारण पछिल्लो समयमा ओमले कोरोना भाइरस परीक्षण गर्ने आरटी पीसीआर किट (रियल टाइम पीसीआर किट) महंगोमा खरिद गरेर ल्याउने जिम्मा पाएको थियो । स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा गत असार ५ गते स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेश खरेलले ओमलाई स्वास्थ्य सामग्री खरिदका लागि जिम्मा दिइएको र सम्झौता भएको बताएका थिए ।
चैत २३ गते पनि ओमले पहुँचको भरमा स्वास्थ्य सामग्री खरिद गरेर ल्याउने जिम्मा पाएको थियो । तर, उसले त्यतिबेला समयमा सामान दिएको थिएन । सरकारलाई सामान नदिएर कालोबजारी गरेको आरोप लागेको थियो । राजस्वले भने ओमले अनियमितता गरेको भनेर पटक–पटक उजुरी परेपछि छानबिन गरेको हो । प्रारम्भिक चरणको छानबिनमा अनियमितता देखिएपछि पहिलो चरणमा छापा मारेर कागजात नियन्त्रणमा लिई सिलबन्दी गरेको बताइएको छ ।
छापा मारेर सिलबन्दी गरेको विभागले त्यसका सञ्चालकलाई बयानका लागि बोलाएको छ । ओम्नी समूहसँग चर्को मूल्यमा सामान खरिद गरेपछि सरकारको आलोचना भएपछि ओमलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएको थियो । तर, उसले कहिल्यै पनि समयमा सामग्री दिनसकेको थिएन । ओमले चीनबाट ल्याएको स्वास्थ्य सामग्री बजारमा बिक्री गरेर सरकारलाई नदिएको आरोप लाग्दै आएको थियो ।
ओमलाई पहिला सरकारले सर्जिकल मास्क र ग्लोबको ठेक्का दिएको थियो । उसले सरकारलाई केही सामान मात्र दिएर अरु बजारमा बिक्री गरेको आरोप थियो । ओम्नीले ग्रुपले महंगोमा सामग्री ल्याउने जिम्मा पाए पनि नल्याएपछि ओमले जिम्मा पाएको थियो । त्यसपछि ओमले गत वैशाख ६ र ७ गते विमान चार्टर्ड गरेर चीनबाट स्वास्थ्य सामग्री खरिद गरेर ल्याएको थियो । तर, सरकारले पर्याप्त मात्रामा पाएको थियो । उसले सरकारलाई सामग्री नदिएर बजारमा बिक्री गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
- बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनाविरुद्ध पक्राउ पुर्जी जारी
- भारतमा बिक्री घटेसँगै नोकियाको समग्र कारोबारमा गिरावट
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया