समृद्धिको यात्रामा नेपाल १ सय १४ देश पछि
फरक मत : २०४६ सालपछि नेपाली समाजमा जनस्तरमै राजनीतिमा चासो राख्नथालेको हो । सुरुसुरुमा प्रायः हरेक नागरिक राजनीति ठीक ठाउँमा आएपछि विकासको रफ्तार बढेर मुलुक समृद्ध हुने कुरामा ढुक्क थियो । तर, विश्वमै उत्कृष्ट भनिएको संविधान जारी हुनासाथ सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसभित्र भएको आन्तरिक झगडा र दोस्रो ठूलो पार्टी एमालेको कार्यकर्ताहरुले सडकमा गरेको ताण्डव नृत्य देखिसकेपछि शान्त स्वभावको ‘सधैँ हँसमुख’ नेपाली नागरिकहरु स्तब्ध हुनपुगे । त्यसपश्चात् देशको राजनीति झन् झन् फोहोर हुँदै गयो भने सँगसँगै प्रजातन्त्रबाट अपेक्षा गरेबमोजिमको आर्थिक तथा सामाजिक प्रगति नभएको पनि जनताले महशुस गर्दै गए । गाउँ–गाउँमा यसरी नैराश्य बढ्दै गइरहेको मौका छोपेर माओवादीहरुले जनयुद्ध सुरु गरे ।
२०६२/०६३ सालको राजनीतिक परिवर्तनपछि जनतामा जागेको उत्साह अहिले फेरि जताततै पहिलेको जस्तै प्रकृतिको नैराश्यमा पुनरावृत्ति भएको देखापर्दै छ । २००७ सालदेखि अहिलेसम्म आइपुग्दा राष्ट्रनिर्माणमा राजनीतिको के कस्तो कति मात्रामा भूमिका हुने रहेछ भन्ने कुरामा नै अधिकांश जनता अलमलमा परिसकेको देखिन्छ । कुनै पनि मुलुक राजनीति र राजनीतिज्ञविना चल्न सक्तैन भन्ने वास्तविकतालाई अधिकांश जनताले आत्मसात् गर्न छोडेको अहिलेको अवस्था राज्यसत्ता सञ्चालनको लागि शुभसंकेत होइन ।
राजनीतिक दर्शनको सिद्धान्तअनुसार सुशासन वा कुशासनले नागरिकहरुको जीवनस्तरलाई अत्यधिक मात्रामा असर परिरहेको हुन्छ । हरेक नागरिकको काम, पेशा, दिनचर्या, जीविकामा राजनीतिको असर परिरहेको हुन्छ । असल राजनीतिले हरेक नागरिकको व्यक्तिगत जीवनमा नै खुसी ल्याइदिन्छ भने खराब राजनीतिले गरिबी र दुःख ल्याइदिन्छ । यो धारणा जनताले बुझ्न जरुरी छ । राजनीतिलाई आफ्नो पिठ्युँ फर्काएर आफू निजी जीवनको एकान्तवासमा बस्नु गलत हुन्छ । राजनीतिले मलाई के पो गर्छ र भन्ने धारणा राख्नुहुँदैन । राज्यसत्ता सञ्चालन गर्ने राजनीतिज्ञहरुले ‘थाहा’ हुन जरुरी छ कि हरेक क्षण जनताप्रतिको आफ्नो जिम्मेवारी निरन्तर रुपमा सम्झिराख्नुपर्छ । यो कथन सामान्य लाग्नसक्छ तर अधिकांश शासकहरु यसैमा चुकेर मुलुक अनिष्ट बाटोमा लम्किरहेको हुन्छ ।
वि.सं. २००७ सालपछि जनताले निरन्तर रुपमा ठूलो आशा गरेर बसेकै हो कि राष्ट्रले फड्को मार्छ र निकट भविष्यमै नेपाल एक विकसित राष्ट्रमा रुपान्तरण हुन्छ भनेर । तर, समृद्धिमा आजसम्म पनि नेपाल अन्य १ सय १४ मुलुकभन्दा पछाडि रहेको एक तथ्यांकले देखाएको छ । राजनीतिज्ञहरुले बुझ्न जरुरी छ कि नेपाललगायत संसारको धेरै मुलुकहरुको इतिहासमा जनताप्रति कुदृष्टि राख्ने शासकहरुको हालत के हुनसक्छ भनेर । त्यसैगरी आफूले छानेको जनप्रतिनिधिहरुलाई जनताले जागरुकताका साथ निगरानीमा राखिएन भने मुलुकको हालत के हुनसक्छ भनेर पनि जनताले इतिहासबाट पाठ सिक्नु वाञ्छनीय हुन्छ ।
तीन करोड जनताले राजनीतिबाट खोजेको मुलुकको समृद्धि मात्र हो । समृद्धिको व्याख्या पनि उत्तिकै जरुरी छ । समृद्धि भन्नाले नागरिकको सुरक्षा र निर्भयता, व्यक्तिगत स्वतन्त्रता, सरकारी संयन्त्रमा चेक एण्ड ब्यालेन्स, सामाजिक सामथ्र्य, लगानीको वातावरण, उद्योग व्यापार, भौतिक पूर्वाधार, अर्थतन्त्रको गुणस्तर, जीवनयापनको अवस्था, स्वास्थ्य, शिक्षा र प्राकृतिक वातावरण हो । विज्ञहरुको भनाइअनुसार राजनीतिक पार्टी र नेताहरुमा राजनीतिक सुझबुझ नभईकन समृद्धि सम्भव छैन । यसको लागि के कस्तो कामकुरो गर्दा कस्तो नीति लिएर शासन गरियो भने कुशासन नभएर सुशासन गरेको ठहर हुन्छ भनेर विभिन्न मुलुकको इतिहास र अनुभवबाट शिक्षित हुन आवश्यक छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया