तारानाथ आचार्य
बलेवा, साउन १२
सदरमुकामपछिको दोस्रो ठूलो बजार ढोरपाटन नगरपालिकाको बुर्तिवाङमा राष्ट्रिय प्रसारणको बिजुली छैन । अघिल्लो वर्ष बिजुली बाल्ने योजना पनि असफल भयो । चालू वर्ष भने यस बजारमा बिजुली बाल्ने तयारी छ । सदरमुकामदेखि लामो दूरीमा विद्युत् चुहावट बढी हुने भएपछि गत वर्ष हरिचौरमा बनाइएको सब स्टेसनबाट विद्युत् विस्तार गर्ने योजनाअनुसार विद्युत्का खम्बा गाड्ने र तार तान्ने काम भइरहेको थियो । बडिगाडको तुरतुरे पहिरोसहितका अन्य अवरोधले खम्बा र तार पु-याउनसमेत ढिलाइ भएको हो ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले चालू वर्ष विद्युत् पु-याइने बताए । ‘अब बुर्तिवाङ बजारमा मिटर जडानको काम थालिन्छ, यस वर्ष नै सबै घरमा राष्ट्रिय प्रसारणको बिजुली बल्छ’, गोशलीले भने, ‘सामान्य बिजुली मात्रै बालेका उपभोक्ताले अब उद्योग स्थापना गरेर सञ्चालन गर्न सक्छन् ।’ बुर्तिवाङ बजारमा लघु जलविद्युत्बाट उत्पादित बिजुलीले उज्यालो बनाउने काम मात्रै भएको छ । ठूलो लगानीका उद्योग खोल्न चाहेकाहरू पनि विद्युत् अभावमा अलपत्रै छाड्न बाध्य थिए ।
बुर्तिवाङसम्म हरिचौरबाट गएको सब स्टेसनले पनि लामो खण्ड पर्ने भन्दै प्राधिकरणले वडा नं– १ नजिकै सब स्टेसन बनाउने तयारी गरेको थियो । हिउँदमा उक्त स्थानसम्म सामान लैजानका लागि जथाभावी डोजर लगाएपछि अहिले झण्डै एक सय ५० मिटरमाथिदेखि पहिरो खसेको छ । पहिराले मध्यपहाडी लोकमार्ग पटक–पटक अवरुद्ध भइरहेको छ । नजिकैका केही घरका मानिस वर्षात भयो भने बस्नै नसक्ने अवस्थामा पुगेका छन् ।
उक्त खण्डमा तत्काल मर्मत गरेर सडक र घर जोगाउनुपर्ने अवस्था भएको ढोरपाटनका नगरप्रमुख देवकुमार नेपालीले बताए । उक्त सबस्टेसन बनाउने काम बागलुङ वितरण केन्द्रमार्फत नभएकाले कहिले बन्छ भन्ने यकिन नभएको गोशलीले बताए । बरु केन्द्रको अगुवाइमा बडिगाड गाउँपालिका–२ को खरवाङ बजारमा सवस्टेसन बन्ने उनले बताए । उक्त सबस्टेसन भने एक वर्षभित्रै बनाएर उपयोगमा ल्याउने उनले योजना सुनाए ।
बागलुङको ताराखोला, तमानखोला, निसिखोला गाउँपालिकामा पनि अझै राष्ट्रिय प्रसारणको विद्युत् पुगेको छैन । बडिगाडमा पनि तार टाँगिए पनि स्थानीय विद्युत्कै भरमा चलेको छ । अब सबै पालिकाम राष्ट्रिय प्रसारणको बिजुली लगेर स्थानीयवासीलाई व्यवसाय, उद्योग र कलकारखाना चलाउन सक्ने वातावरण बनाइदिने उनले बताए । हाल उत्पादनमा रहेका साना लघुविद्युत् आयोजनालाई एकीकृत गरेर राष्ट्रिय प्रसारणमा जोड्ने अभियानमा पनि सघाउने उनको भनाइ छ ।
झोलामा खोला
ढोरपाटन नगरपालिकामा अहिले भुजीखोला र रिठाखोला जलविद्युत् आयोजनाको विद्युत्ले बिजुली बालिएको छ । राष्ट्रिय प्रसारण लाइन नभएकोले उद्योग सञ्चालनमा समस्या परेको छ । ग्रिल, फर्निचर, चाउमिनलगायतका उद्योग सञ्चालन गर्न लागेका र खोलेका व्यवसायीले चाहेको बेला काम गर्न पाउँदैनन् ।
लोड नपुगेपछि व्यवसाय सञ्चालनमा समस्या परेको व्यवसायी चिन्तामणि शर्माले गुनासो गरे । नगरपालिकाभित्रकै निसी खोलाको सेरामा नौ सय ५० किलोवाटको विद्युत् निकाल्ने योजना छ । विभागमा पुग्दा दशकअघि नै दर्ता भएर झोलामा रहेको भेटिएको नगरप्रमुख देवकुमार नेपालीले बताए । दर्ता गर्नेहरू को हुन् भन्दै उनले खोजी थालेको बताए । नगरपालिकाभित्रका झण्डै २० हजार घरले बिजुली बाल्न नपाएको उनले गुनासो गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया