हिमालय एयरलाइन्सद्वारा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
काठमाडौं, साउन १२
हिमालय एयरलाइन्सले कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि विभिन्न अस्पताल तथा निकायलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कम्पनीले आम्दा अस्पताल, दमक र सीसीएमसी, गुल्मीका लागि स्वास्थ्य सामग्री सहयोग गरेको हो । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हालै झापाको दमकस्थित आम्दा अस्पताललाई पोर्टेबल भेन्टिलेटर र अन्य स्वास्थ्य सामग्री तथा कोभिड–१९ सफ्ट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी), गुल्मीलाई पीसीआर उपकरण हस्तान्तरण गरेको छ ।
शनिबार पनि एरलाइन्सले पीसीआर ९एनएइ ३२, आइसिटी ओबी १६ उपकारण र अन्य अत्यावश्यक स्वास्थ्य उपकरण तथा सामग्री ५१ हजार २ सय थान डिस्पोजेबल मेडिकल मास्क, ६ सय ६ थान मेडिकल फेस शिल्ड, ५ सय ७५ थान मेडिकल चस्मा, ४० थान मेडिकल इन्फ्रारेड थर्मोमिटर, ३५ जोर प्रोटेक्टिभ बुट र पाँच जोर डिस्पोजेबल पञ्जा सीसीएमसी गुल्मीलाई प्रदान गरेको छ । सबै स्वास्थ्य सामग्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले संयुक्तरुपमा सीसीएमसीको कार्यालय रेसुंगा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई हस्तान्तरण गरेका थिए ।
परराष्ट्रमन्त्री ज्ञवालीले सफ्टको क्षणमा स्वास्थ्य सामग्रीको परिमाण प्रयाप्त नभएको र नेपाल मात्र नभई विश्व नै कठिन चरणमा गुज्रिरहेको अवस्थामा एयरलाइन्सबाट प्राप्त सहयोगले कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रपंक्तिमा निरन्तर खटिएका स्वास्थ्यकर्मीलाई बचाउन मद्दत गर्ने बताए । एयरलाइन्सका उपाध्यक्ष श्रेष्ठले सरकारी अभियानमा सारथी बन्न पाउँदा कम्पनी गौरवान्वित भएको भन्दै कठिन परिस्थितिमा सरकारका आगामी काममा पनि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
एयरलाइन्सका अध्यक्ष झोउ एन्योगले आम्दा अस्पताललाई एक पोर्टेबल भेन्टीलेटरसहित ५ सय थान आरडीटी किट, १ सय थान पीपीई सेट, ५ सय थान एन ९९५ मास्क, दुई हजार जोर सर्जिकल मास्क, पाँच हजार जोर डिस्पोजेबल पञ्जा र पाँच इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । हिमालयले सरकारको कोभिड–१९ कोषमा एक करोड रकम योगदानका अलावा एअरलाइन्सले हालसम्म १ सय ७७ टन अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्ति गर्न २४ वटा चार्टर्ड उडान गरेको छ । त्यस्तै विभिन्न मुलुकमा रहेका एक हजार १ सय ४० नेपालीलाई स्वदेश फिर्ता गर्न ६३ वटा उडान सफलतापूर्वक सञ्चालन गरिसकेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया