कुरियरमार्फत होम डेलिभरि गर्ने नाममा ठगी
काठमाडौं, साउन १३
कुरियरमार्फत होम डेलिभरि गर्ने नाममा सर्वसाधारणलाई ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सविज कुरियर सर्भिस अनलाइन सेवाका सञ्चालक ललितपुर महालक्ष्मी नगरपालिका– ५ इमाडोल बस्ने धनुषा सवेला गाँउपालिका–३ सवेला घर भएका २४ वर्षीय साहलाई पक्राउ गरेको हो ।
उनले कुरियरमार्फत होम डेलिभरि गर्ने भनी सामान नपु-याई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । भारतीय अनलाइनबाट किनेको औषधि, मोबाइल, घडी, लेडिज कपडाहरू नेपालमा होम डेलिभरि गराइदिने भनी उनले दुई लाख ७९ हजार नौ सय १० रुपैयाँ ठगी गरको प्रहरीको भनाइ छ । उनले ठगी गरेको भन्ने उजुरी आउनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
बेबी कार सिट मगाउने पीडितले ई–सेवाबाट पठाएको नौ हजार रुपैयाँ, भारतको दिल्लीबाट साडी कुर्था, कपडाहरू नेपाल ल्याउनको लागि होम डेलिभरि गराइदिने भनी ७७ हजार सात सय रुपैयाँ, सिको घडी मगाउनको लागि नगद ४९ हजार पाँच सय ५० रुपैयाँ, एडिडास कम्पनीको जेन्स कपडा, जुत्ता होम डेलिभरिको लागि १४ हजार आठ सय ७५ रुपैयाँ र औषधि तथा मोबाइल होम डेलिभरिको लागि ७३ हजार सात सय ८५ रुपैयाँ लिई कसैलाई पनि सामान डेलीभरि नगरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएको छ । उनलाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया