काठमाडौं, साउन १४
प्रहरीले राजधानीबाट साढे १४ केजी चाँदी र आधा केजी सुन बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै सुरूमा सुनजस्तो देखिए पनि परीक्षण गर्दा उक्त सामान सुनको जलप लगाएको चाँदी भएको जनाएको छ । कमलादीस्थित कृष्ण पाउरोटी चोक नजिकबाट प्रहरीले २ थान म्याग्जिनसहितको पेस्तोल र १ केजीको ८ थान, २ सय ५० ग्राम लेखिएको २६ थान र ५ सय ग्राम लेखिएको १ थान पहेँलो धातु बरामद गरेको थियो ।
बरामद भएको धातु सुन हो कि होइन भनेर सुन व्यवसायीलाई परीक्षण गराउँदा १४ केजी ५ सय ग्राम चाँदीमा सुनको जलप लगाएको र ५०० ग्राम सुन भएको प्रहरीले जनाएको छ । प्रहरीले जाँच गर्ने क्रममा बा.६ च ५५१९ नम्बरको स्कोरपियो गाडी रोक्न खोज्दा नरोकी झन् गति बढाएपछि गाडीको पिछा गर्ने क्रममा कपडाको झोला फ्याँकी गाडी फरार भएको प्रहरीको भनाइ छ । सो झोलाबाटउक्त अवैध हतियार र पहेँलो धातु बरामद भएको हो । फरार व्यक्ति र उक्त नम्बरको गाडीको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया