पर्सा, साउन १४
जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृतसहित ४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय पर्साले उद्योगलाई सिल गरेको छ । उद्योगका ४ जनामा संक्रमण पुष्टि हुनासाथ सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतसहितको टोली उद्योगमै गएर जगदम्बा इन्टरप्राइजेज सिल गरेका हुन् ।
अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय जनप्रतिनिधि तथा सुरक्षाकर्मीको अनुमतिबिना उद्योग प्रवेशमा रोक लगाइएको सहायक सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले जानकारी दिए । जगदम्बा इन्टरप्राइजेजले भारतबाट लुकाईछिपाई मजदुर ल्याएर काम गराइरहेको सूचना आउनसाथ स्थलगत अनुगमन गरी कोरोना भाइरसको परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको र कोरना पुष्टि हुनसाथ सिल गरिएको बस्नेतले जानकारी दिए ।
जगदम्बा इन्टरप्राइजेजमा कार्यरत ४८, ५६ र २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका तथा असार १५ गते पछि भारतबाट आएका सबै कामदार, कर्मचारीको पीसीआर चेकजाँच गराउन, पीसीआर जाँचका लागि स्वाब संकलन गरिएका तथा अन्य शंकास्पद सबैलाई उद्योगकै खर्चमा उद्योगभित्रै वा उद्योगबाहिर उपयुक्त स्थानमा क्वारेन्टाइनको व्यवस्था गर्न प्रशासनले निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया