Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारजनकपुरमा एक हप्ताका लागि कर्फ्यु

जनकपुरमा एक हप्ताका लागि कर्फ्यु


बटुकनाथ झा
जनकपुरधाम, साउन १९
कोरोनाको उच्च जोखिम भएपछि जिल्ला सुरक्षा समिति धनुषाले जनकपुरधाम उपमहानगरपालिकाभित्र एक हप्ताको लागि कर्फ्यु जारी गर्ने निर्णय गरेको छ । सोमबार रातिदेखि ११ बजेदेखि एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गर्नेे निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनले तोकिएको बाहेक कोही पनि बाहिर निस्कन नपाउने समेत जानकारी दिए ।

प्रजिअ भट्टराईले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरूबाहेकका अन्य सबै सेवा र स्थलहरू सोमबार रातिदेखि एक हप्तासम्मका लागि स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जनकपुरधाम उपमहानगरपालिकाभरि निषेधाज्ञा जारी गरिएको बताए ।

प्रशासनले औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, मालसामान ओसारपसार गर्ने तथा निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डारण र वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषिजन्य कार्य तथा कृषि तथा पशुपन्छीजन्य उत्पादन, ढुवानीमा प्रयोग हुने साधन, वर्कशपलाई अत्यावश्यक सेवा उल्लेख गरेको छ ।

प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई कानुनबमोजिम कारबाही गर्ने जनाएको छ । प्रदेश २ को वीरगञ्ज, राजविराज र जलेश्वरमा यसअघि नै निषेधाज्ञा जारी भइसकेको छ भने बाराको कलैयामा आइतबारदेखि जारी गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x