प्रदेश १ का मुख्य न्यायाधिवक्तामा कोरोना पोजेटिभ
विराटनगर, साउन २०
प्रदेश १ मा रहेका उच्चपदस्त पदाधिकारीहरूमा कोरोना संक्रमण देखिएको छ । केही दिनअगाडि प्रदेशसभाका सभामुख प्रदिप भण्डारीको स्वास्थ्य परीक्षण गर्दा उनमा कोरोना भएको पुष्टि नभए पनि होम क्वारेन्टाइनमा सुरक्षित साथ बसेको खबर सार्वजनिक भएको थियो । त्यसको केही दिनपछि मात्र प्रदेश १ का मुख्य न्यायाधिवक्ता डा. चूडामणि आचार्यसहित परिवारका तीनैजना सदस्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाका प्रारम्भिक लक्षणका आधारमा स्वाब परीक्षण गर्दा मुख्य न्यायाधिवक्ता आचार्यलाई कोरोना पोजेटिभ देखिएको हो । प्रदेश १ सरकारका उच्च पदाधिकारीमा कोरोना संक्रमण पुष्टि भएको यो पहिलो घटना हो । मुख्य न्यायाधिवक्ताका परिवारका सबै सदस्यलाई ज्वरो आउन थालेपछि आचार्य आफैँले स्वाब परीक्षण गराएका थिए । मुख्य न्यायाधिवक्ताको सचिवालयका अनुसार उनीहरूमा कोरोना कसरी देखियो भनेर अहिलेसम्म स्रोत खुलेको छैन ।
माहान्यायाधिवक्ता आचार्यको परिवार लामो समयदेखि बाहिर कतै यात्रामा समेत गएको जानकारी नभएको सचिवालयले जनाएको छ । आचार्य केही दिनदेखि सार्वजनिक कार्यक्रममा समेत सहभागी भएका थिएनन् । मुख्य न्यायाधिवक्ता आचार्यको परिवार विराटनगर महानगर माहानगरपालिका वडा ५ स्थित आफ्नै निवासमा सेल्फ क्वारेन्टाइनमा बस्दै आएको बताइएको छ । उनी दुई हप्तादेखि कार्यालय नगएको प्रदेश १ को मुख्य न्यायाधिवक्ता कार्यालयस्रोतले जानकारी दिएको छ ।
विगत १३ दिनदेखि उनी माहान्यधिवक्ताको कार्यालय गएको थिएनन् । तर कार्यालय नगए पनि त्यसबीचमा केही बैठकहरूमा सक्रिय रूपमा सहभागी भएको रहस्य खुलेको छ । उनको पछिल्लो ट्राभल हिस्ट्री खासै नभएको कुरा बताइएको छ । आचार्यसहित तीनै जनालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सभापति लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वापा पार्टी कार्यालय पुग्यो प्रहरी
- प्रादेशिक अस्पताल जलेश्वरका चिकित्सकद्वारा हडताल
- आजदेखि मनकामना केबलकार नियमित सञ्चालनमा
- बाघको आक्रमणबाट एकजनाको मृत्यु
- पाँचपोखरी महिला ट्रेल रेसमा निर्मला प्रथम
- देशभर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
- युरोपेली केन्द्रीय बैंकले फेरि ब्याजदर कटौती गर्यो
- आरबीआईद्वारा चार गैरबैंकिङ वित्त कम्पनीलाई ऋण दिन प्रतिबन्ध
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया