Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचाँदीको इँटा लिएर महन्थ दास अयोध्यामा हुने राम मन्दिरको शिलान्यासमा सहभागी

चाँदीको इँटा लिएर महन्थ दास अयोध्यामा हुने राम मन्दिरको शिलान्यासमा सहभागी


बटुकनाथ झा
जनकपुरधाम, साउन २१
चाँदीको इँटा लिएर जानकी मन्दिरका महन्थ दास भारतको अयोध्यामा हुने राम मन्दिरको शिलान्यास कार्यक्रममा सहभागी हुनेभएका छन् । राम जन्मभूमि भनिएको भारतको अयोध्यामा बुधबार (आज) हुने राम मन्दिर निर्माणको भूमिपूजनमा सहभागी हुन जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव मंगलबार अयोध्या प्रस्थान गरेका हुन् ।

श्रीराम जन्म भूमि तीर्थ क्षेत्रले जानकी मन्दिरका महन्थ दासलाई भूमि पूजन कार्यक्रममा सहभागिता जनाउनलाई निमन्त्रणा पठाएपछि उनी अयोध्यातर्फ प्रस्थान गरेका हुन् । चाँदीको १ किलोको पाँचवटा इँटा, जनकपुरधामको माटो, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानपत्रसहित महन्थ दास ३ जनाको टोली लिएर अयोध्या गएका हुन् ।

राम मन्दिरको भूमिपूजनमा जनकपुरधामबाट समेत माटो पठाउन अयोध्याबाट आमन्त्रण पत्र आएपछि जानकी मन्दिरका महन्थ दासले माटो र इँटा लिएर गएको बताइएको छ । जय श्री राम लेखिएको झण्डासहित महन्थ दासको टोली जटही नाकाको लागि प्रस्थान गरेको छ । त्यहाँबाट अर्को सवारीमा अयोध्या जाने कार्यक्रम रहेको छ ।

विश्व हिन्दु परिषद्ले समेत जानकी मन्दिरका महन्थलाई अयोध्याको राम मन्दिर भूमिपूजनमा सहभागी हुन आमन्त्रण गरेको थियो । जानकी मन्दिरबाट अयोध्या प्रस्थान गर्नुअघि महन्थ दासले भने ‘वर्षौंको प्रतिक्षापछि अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको भूमिपूजन कार्यक्रममा सम्पूर्ण मिथिलावासीको प्रतिनिधित्व गर्न पाउँदा कृतार्थ भएको छु ।’ यसअघि राम मन्दिर शिलान्यास कार्यक्रममा सहभागी हुन महन्थ दास सोमबार महोत्तरीको भिठामोड नाका भएर जान खोज्दा नेपाली सीमा नकट्दै उनलाई फेरि जनकपुरधाम नै फर्काइएको थियो । गाडीको पास र पीसीआर परीक्षणको रिपोर्ट नरहेकोले आफूलाई सोमबार सीमाबाट फर्काइएकोे महन्थ दासले बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार (आज) राम मन्दिरको शिलान्यास गर्नेछन् । काशीको सरयुग घाटमा उत्तर प्रदेश सरकारले निर्माण गर्नलागेको राम मन्दिर तीन मञ्जिलको रहने र मन्दिरको उचाइ एक सय ६१ फिट, चौडाइ दुई सय ३५ फिट र लम्बाइ तीन सय ६० फिटको रहने बताइएको छ । मन्दिरको मूल ढोका भने पुरातात्विक हिसाबबाट बनाइनेछ । मन्दिरका कुल खम्बा तीन सय १८ वटा रहनेछन् भने हरेक तलामा एक सय ६ खम्बा रहेछन् । मन्दिर जमिनभन्दा १७ फिट उचाइमा बन्नेछ । जसको दोस्रो तलामा राम दरबार रहनेछ । करिब ६९ एकड जमिनमा बन्ने यो मन्दिर विश्वकै लागि ऐतिहासिक हुने दाबी गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x