Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारफरक ग्रुपको रगत दिँदा सुत्केरीको मृत्यु

फरक ग्रुपको रगत दिँदा सुत्केरीको मृत्यु


बटुकनाथ झा
जनकपुरधाम, साउन २५
फरक समूहको रगत चढाउँदा रामजानकी हस्पिटलमा मृत्यु भएकी सुत्केरीको परिवारले पाँच लाख लिएर २४ घण्टापछि लास बुझेका छन् । शुक्रबार बिहान फरक समूहका रगत चढाएपछि मृत्यु भएकी महोत्तरीको गौशाला ११ भरतपुरकी २३ वर्षीय गंगादेवी महतोको घटनामा अस्पताल र रेडक्रस सोसाइटीले एक अर्कालाई दोष लगाउँदै आएका थिए ।

स्रोतका अनुसार अस्पताल प्रशासनले मृतकका परिवारलाई यो घटनालाई अगाडि नबढाउन पाँच लाख रूपैयाँ दिने सहमति भएको छ । गंगादेवीको सुत्केरी भएको बेलामा ‘ओ’ पोजेटिभ रगतको स्थानमा ‘बी’ पोजेटिभ रगत चढाएका डाक्टरलाई कारबाही नगर्ने सर्तमा मृतकका परिवारले पाँच लाख बुझेको जनाइएको छ ।

गलत रगत चढाएर सुत्केरीको ज्यान लिने दोषीमाथि कडा कारबाही र क्षतिपूर्तिको माग गर्दै परिवारजनले २४ घण्टासम्म शव उठाउन दिएनन् । तर शुक्रबार अस्पताल र मृतक परिवारबीच दोषीमाथि कारबाही प्रक्रियामा नजाने सर्तमा पाँच लाख रूपैयाँमा डिल भएको हो । त्यसपछि शनिबार बिहान शवको मुचुल्का गरी मृतक परिवारले शव उठाउन दिएको छ । मृतक परिवारतर्फका राजेश महतोले पटक–पटक अस्पतालले गुण्डाहरू बोलाएर मिलिहाल, शव उठाइहाल भन्ने धाकधम्की दिएका कारण मिल्नुपरेको आरोप लगाए । यता, पीडित परिवार मिलेपछि सो घटनामा पक्राउ गरिएका डा. शैलेन्द्र साह र डा. मनिष पाण्डेलाई अस्पतालको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मगेन्द्र विष्टले जानकारी दिए ।

सुत्केरीको मृत्युभएसँगै प्रहरीले अस्पतालका दुई चिकित्सकलाई पक्राउ गरेको थियो । प्रहरीले उक्त घटनापछि महतोलाई सुत्केरी गराएका चिकित्सक डा. शैलैन्द्र साह र डा. मनिष पाण्डेलाई पक्राउ गरेको थियो । जनकपुरस्थित रामजानकी अस्पतलामा महोत्तरी गौशाला नगरपालिका ११ भरतपुरकी २३ वर्षीया गंगादेवी महतोको गत बिहीबार राती मृत्यु भएको थियो । उनलाई ‘ओ’ पोजेटिभ ब्लड ग्रपुको रगत दिनुको साटो रेडक्रस सोसाइटी जनकपुर शाखाले ‘बी’ पोजेटिभ ब्लड दिएको र सोही रगत चिकित्सकले सुत्केरीलाई दिँदा उनको मृत्यु भएको थियो । रेडक्रसले दिएको दुई पोका रगत चढाएपछि सुत्केरी झनै सिकिस्त हुँदा चेकजाँच गरेपछि ‘ओ’ पोजेटिभको ठाउँमा ‘बी’ पोजेटिभ रगत चढाएको पत्ता लागेको थियो । त्यसको केहीबेरपश्चात् सुत्केरीको मृत्यु भएको मृतकका पति राजकिशोर महतोले बताए । अस्पताल र रेडक्रसको चरम लापरबाहीले महतोको मृत्यु भएको भन्दै परिवारजनले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गरेको थियो ।

अस्पताल प्रशासनले रेडक्रसको लापरबाहीले सुत्केरीको शरीरमा गलत रगत चढेको दाबी गरेको छ । अस्पतालका सञ्चालक गणेश साहले अस्पतालले पठाएको सेम्पलअनुसार रेडक्रसले रगत दिएको र त्यही चढाएकाले यसमा अस्पतालको कुनै लापरबाही नभएको दाबी गरे । अस्पतालका प्रशासनप्रमुख विकासचन्द्र गुप्ताले बिरामीले अन्यत्र गराएको रगत परीक्षणमा ‘बी’ पोजेटिभ रगत रहेको प्रिस्केप्सनमा उल्लेख भएको काणले रेडक्रसलाई ‘बी’ पोजेटिभ रगत दिन भनेअनुसार उसले उपलब्ध गराएको रगत बिरामीलाई लगाउँदा उनको मृत्यु भएको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x