Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारटुकुचाको पर्खाल भत्काएर किया मोटर्सको शोरुम निर्माण

टुकुचाको पर्खाल भत्काएर किया मोटर्सको शोरुम निर्माण


काठमाडौं, साउन २८
स्रोत नखुलेको शंकास्पद लगानीमा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका सुहृत घिमिरेले टुकुचा खोलाको अर्को साइडको पर्खाल भत्काएर ढुंगा निकाली किया मोटर्सको आफ्नो साइडको पर्खाल बनाएका छन् । काठमाडौं महानगरपालिका वडा नं. २ मा पर्ने उत्तरढोका दरबार क्षेत्रमा पस्ने टुकुचा खोलाको पर्खाल भत्काएर उनले रातारात आफ्नो साइडको पर्खाल बनाएका हुन् ।

यस सम्बन्धमा जानकारी लिन सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आएनन् तर टुकुचाको पर्खाल भत्काएर ढुंगा निकालेर किया मोटर्सको शोरुमका सञ्चालकले आफ्नो शोरुमतर्फ पर्खाल लगाएको सम्बन्धमा प्रश्न गर्दा त्यहाँ नजिकै व्यवसाय गरिरहेका एक व्यक्तिले आफ्नो नाम नबताउने शर्तमा सत्ताशक्तिको आडमा किया मोटरको शोरुम सञ्चालकले टुकुचाको पर्खाल भत्काएर त्यहाँको ढुंगा निकालेर आफ्नो साइडमा पर्खाल लगाएको बताएका हुन् । कोभिड–१९ को महामारीतर्फ सबैको ध्यान मोडिएको बेला काठमाडौं महानगरपालिका वडा नं. २ का अध्यक्षलाई प्रभावमा पारेर विवादास्पद व्यापारी घिमिरेले टुकुचाको पर्खाल भत्काएर ढुंगा निकाली आफ्नोतर्फ पर्खाल लगाएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x