Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारचाँदीको शिवमूर्ति रहस्यमय तरिकाले चोरी

चाँदीको शिवमूर्ति रहस्यमय तरिकाले चोरी


बाँके, साउन २८
तीन महिनाअघि नेपालगञ्जमा भेटिएको चाँदीको शिवको मूर्ति चोरी भएको छ । मन्दिरका पुजारी परिवार राति १ बजेसम्म जागे पनि स्थानीयका अनुसार मंगलबार बिहान ३ बजे मूर्ति चोरी भएको हो ।

नेपालगञ्ज वडा नं. ७ स्थित मन्दिरछेउमा बाटो बनाउने क्रममा फेला परेको चाँदीको मूर्ति एक्कासी हराएको रामजानकी मन्दिर व्यवस्थापन समितिका संयोजक विनोद कश्यपले जानकारी दिए । उक्त मूर्ति रामजानकी मन्दिरमा स्थापना गरिएको थियो । सो बेला वडा नं. १३ का एक व्यक्तिले मूर्ति आफ्नो भनेर दाबी गरेपछि व्यवस्थापन समिति र दाबीवालाको सहमतिमा मन्दिरमा स्थापना गरिएको थियो । मन्दिरमा सहजै छिर्नसक्ने कुनै बाटो नभएकाले चोरीको घटना रहस्यमय बनेको छ ।

समितिका सल्लाहकार हर्कबहादुर गुरूङले चोरी हुने कुनै बाटो नदेखिएकाले रहस्यमय भएको बताए । प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान गर्दा चोरी हुनसक्ने आधार नदेखिएको जनाएको छ ।

अवैध युरिया मल र पानको पात बरामद : अवैधरूपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा पानको पात र युरिया मलसहित बाँके प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । सोमबार राति बाँकेको डुडुवा गाउँपालिका २ बेतहनीस्थित प्रहरी चौकीमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा १२ बोरा युरिया मल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । बरामद गरिएको मल आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको समेत खड्काले बताए ।

त्यसैगरी डुडुवा गाउँपालिका ३ हलबलडोली उचुवामा रहेको इलाका प्रहरी कार्यालय वनकट्टीको टोलीले भन्सार छली अवैधरूपमा ल्याउँदै गरेको पानको पातसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा डुडुवा गाउँपालिका ६ नयाँबस्तीका २६ वर्षीया शोभा कुर्मी रहेको प्रहरीले जनाएको छ । कुर्मीको साथबाट १० डोली पानको पात, १ प्याकेट सुपर पावर सुर्ती र एउटा साइकल बरामद गरिएको जिप्रका बाँकेका प्रवक्ता खड्काले जानकारी दिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x