Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेसको वित्तीय तथा सहकारी विभागको सचिवमा भण्डारी

कांग्रेसको वित्तीय तथा सहकारी विभागको सचिवमा भण्डारी


काठमाडौं, साउन २९
श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीलाई नेपाली कांग्रेसले वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिव पदमा मनोनयन गरेको छ । दुई दशकदेखि सहकारी क्षेत्रको विकासमा लागेका भण्डारीको लामो समयसम्मको योगदानलाई कदर गर्दै नेपाली कांग्रेसले सचिवमा नियुक्त गरेको हो । उनीसहित २५ संस्थापक सदस्यले स्थापना गरेको श्री लालीगुँरास सहकारी संस्था अहिले देशकै उत्कृष्ट संस्थाको रूपमा पहिचान बनाउन सफल भएको छ । हाल सो संस्थामा करिब २१ हजार सेयर सदस्य छन् ।

संस्थाको लागानीमा श्री लालीगुराँस राष्ट्रिय माध्यामिक विद्यालय, श्री लालीगुराँस अस्पताल, भैरवकुण्ड हाइड्रोपावर र श्री लालीगुराँस दुग्ध प्रसोधन उद्योग सञ्चालित छन् । सबै सस्थाको नेतृत्वदायी भूमिकामा रहेका भण्डारीले आफ्नो नियुक्तिलाई सहीरूपमा अघि बढाउँदै सहकारी र वित्तीय संस्थाको विकासमा अथकरूपमा लागिरहने बताए । नेपाल बहुउद्देश्य केन्द्रीय सहकारी संघका अध्यक्ष रहेका भण्डारीलाई सहकारी क्षेत्रमा गरेको योगदानको कदर गर्दै वित्तीय तथा सहकारी संस्था समन्वय विभागको सचिवमा नियुक्त गरेको हो ।

हाल मुलुकभर करिब ३३ हजार सहकारी सञ्चालित छन् । नेपाली कांग्रेसको विधान २०१७ (संसोधनसहित)को धारा २५–९ बमोजिम उनलाई नियुक्त गरेको पत्रमा उल्लेख छ । नियुक्ति भएलगत्तै उनले पार्टीको केन्द्रीय वित्तीय विभागलाई थप सुदृढ र गतिशील बनाउन दत्तचित्त भई लागिपर्ने बताए । यसअघि सहकारी महासंघको सञ्चालक, सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्न गठित समितिमा समेत काम गरिसकेका भण्डारी कुशल सहकारीकर्मीको रूपमा परिचित छन् । 


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x